विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा पनि कोरोना भाइरसबाट सङ्क्रमित

15 Shares

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन् ।

‘कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सवै मापदण्ड तथा नियमहरुको पालना गर्नुभएको छ’–ती प्रवक्ताले भनेका छन् । सङ्क्रमित पुष्टि भएसँगै उनी क्यारेन्टाइनमै बसेको पनि प्रवक्ताले जानकारी दिएका छन् ।

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पुर्वसन्ध्यामा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। त्यसैगरी ट्रम्प पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत केही समय अगाडि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

ट्रम्प जुनियर हालै २ सय ५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी भएका थिए । राष्ट्रपति कार्यालय ह्वाईट हाउसमै आयोजना गरिएको सो रात्री भोजमा सहभागी लगभग सबैले मास्क लगाएका थिएनन् ।–रासस/एएनआई

प्रकाशित: ६ मंसिर २०७७ १४:२३ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी