क्रोयसिया ।
क्रोयसियामा ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार गएको भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
मृत्यु हुने मध्ये १ जना १२ वर्षीया बालिका रहेकी छिन् । सयौं मानिस घाइते भएका छन् । हजारौं घरहरू भत्किएका छन् । अहिले उद्दारको कार्य जारी रहेको बताइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
सोमबार पनि क्रोयसियामा ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रकाशित: १५ पुस २०७७ ०६:२१ बुधबार