विश्व

भारतमा बायोटेकको कोभिड–१९ विरुद्धको आपतकालिन खोप प्रयोगका लागि सहमति

15 Shares

नयाँ दिल्ली ।

भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई) ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ ।

विशेष सरकारी स्रोतले एएनआईलाई दिएको जानकारीमा भनिएको छ, “विज्ञ समितिले भारतीय बायोटेकको स्वदेशमा विकसित कोभिड–१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको छ ।”

डीसीजीआइ को विषय विशेषज्ञ समितिको बैठक (एसईसी) ले स्वदेशी सङ्क्रमित विरामीमा खोपको आपतकालीन प्रयोगका लागि आवेदन गर्ने दुई कम्पनी एसआईआई र भारत बायोटेकले बुझाएको आवेदन समीक्षा गर्न शुक्रबार दिल्लीमा बैठकको आयोजना गरिएको थियो ।

कोभ्याक्सिन भारतीय मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा भारती बायोटेकद्वारा स्वदेशी प्रविधिमा विकसित एक कोरोना भाइरस खोप हो ।रासस

प्रकाशित: १९ पुस २०७७ १३:४७ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी