भारतको महाराष्ट्र राज्यकाे एक अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । समाचारमा उल्लेख भएअनुसार महाराष्ट्र राज्यको भण्डारा जिल्लाको अस्पतालमा आगलागी हुँदा १० नवजातको मृत्यु भएको हो ।
शनिबार बिहान भएकाे आगलागीबाट ७ जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको भारतमा प्रकाशित समाचारमा उल्लेख छ ।
अस्पतालका चिकित्सकले टाइम्स अफ इन्डियालाई बताएअनुसार ३–४ जना शिशुको जलेर मृत्यु भएको हो भने बाँकी शिशुकाे आगलागी पछिको धूवाँले निसास्सिएर शिशुहरुको मृत्यु भएको बताइएको छ ।
प्रकाशित: २५ पुस २०७७ ११:०४ शनिबार