६ माघ २०७८ बिहीबार

0 Shares

सन् २०२० भन्दा खराव अरू १० वर्षहरू (भिडियाेसहित)

काठमाडौं ।

वर्ष २०१९ को नोभेम्बरमा, चीनको वुहानबाट एक फरक प्रकारको भाइरस फैलियो । त्यसको एक महिनापछि ३१ डिसेम्बर २०१९ मा, डब्ल्यूएचओले यसलाई भाइरल निमोनियाको नाम दियो । तीन महिनापछि मार्च ११ २०२० मा डब्ल्यूएचओले यसलाई महामारीको रूपमा घोषित गर्यो । यहि भाइरल निमोनिया हाल विश्वसामू कोभिड १९ को नामले परिचित रहेको छ ।

हामी २०२० लाई अहिलेसम्मकै सबैभन्दा खराब वर्ष ठान्छौं तर सत्य यो हो कि मानव इतिहासमा हजारौं वर्षहरू बितिसकेका छन् जसमा कुनै न कुनै महामारी फैलिएको छ भने करोडौँ मानिसहरूले आफ्नो ज्यान गुमाएका छन् । आज हामी तिनै १० महामारीको बारेमा तयार पारिएको भिडियो रिपोर्ट पस्कदैछौँ । जसले गर्दा त्यो वर्ष २०२० भन्दा खराब रह्यो ।

१. एन्टोनियन प्लेग, सन् १६५
रोममा फैलिएको यो रोगले राजा लगायत ५० लाख मानिसलाई मारेको थियो । इतिहासलाई हेर्ने हो भने सन् १६५ मा पहिलो पटक महामारी देखा परेको थियो । जसलाई एन्टोनियन प्लेग नाम दिईएको थियो । जब रोमका सेनाहरू लडाईँ लडी मेसोपोटामियाबाट फर्के, तिनीहरूसँगै यो संक्रमण रोममा भित्रिएको थियो । यस कारण, उक्त संक्रमणबाट रोममा हरेक दिन २ हजार मानिस ज्यान जान थाल्यो । सन् १६५ बाट फैलन सुरु भएको यस महामारीबाट सन् १६९ मा रोमन सम्राट लुसियस भेरूसको पनि ज्यान गयो । त्यसपछि पनि ५० लाख मानिसहरु यस महामारीको कारण मरेका थिए ।

२ जस्टिनियन प्लेग, सन् ५४१
यस महामारीले विश्वको जनसंख्या आधामा झारेको थियो । एन्टोनियन प्लेगपछि फैलिएको महामारीको नाम जस्टिनियन प्लेग राखियो । यो महामारी सन् ५४१ मा एशिया, उत्तर अफ्रिका, अरब र युरोपमा फैलिएको थियो । तर यसको असर सबैभन्दा बढी पूर्वी रोमन साम्राज्य बाइजान्टिनमा परेको थियो । यस महामारीले विश्वभरका ५ करोड मानिसलाई मारेको थियो । यो संख्या त्यस समय संसारको कुल जनसंख्याको आधा थियो । यो महामारी यति खतरनाक थियो कि यसले बाइजान्टिन साम्राज्यको अन्त्य नै गरिदिएको थियो ।

३. द ब्ल्याक डेथ, सन् १३४७–१३५१
यस महामारीबाट युरोपमा यति मानिस मरे कि यो जनसंख्या फेरि पाउनका लागि युरोपलाई २०० वर्ष लाग्यो । सन् १३४७ देखि १३५१ को बीचमा एकपटक फेरि महामारी फैलियो । जसलाई बुबोनिक प्लेगको नाम दिइएको थियो । यसले युरोप र एशियामा सबैभन्दा बढी प्रभाव पारेको थियो । युरोपमा त्यतिखेर धेरैजसो कारोबारहरू समुद्रको बाटो हुँदै गरिन्थ्यो । समुद्री जहाजहरूमा धेरै नै मुसाहरु हुने गर्थे । यी मुसाहरुमा फैलिएको भाइरस झिंगाको माध्यम हुँदै मानिसमा फैलिएको थियो । त्यस समयमा यस रोगबाट मात्र २० करोड मानिस मारिएका थिए । यस रोगले मात्र युरोपमा यति धेरै मानिसको मृत्यु भएको थियो की सन् १३४७ भन्दा पहिलेको जनसंख्याको तहमा पुग्न युरोपलाई २०० वर्ष लागेको थियो । यसैले पनि इतिहासमा यसलाई कालो मृत्युको नाम दिईएको छ । १३५१ पछि यो महामारी केही मत्थर हुँदै आएपनि बुबोनिक प्लेग अर्थात् ब्ल्याक डेथ आजसम्म पनि समाप्त भएको छैन ।

४. स्मलपक्स (बिफर), सन् १४९२
युरोपबाट फैलिएको यस महामारीबाट अमेरिकाका ९० प्रतिशत मानिसको मृत्यु भएको थियो । सन् १४९२ मा युरोपियनहरू अमेरिका पुगेका थिए । उनीहरु पुग्ने बितिक्कै अमेरिकामा स्मलपक्स नामक संक्रमण फैलियो । यस रोगबाट संक्रमित १० मध्ये ३ जनाको मृत्यु हुने गर्दथ्यो । यस महामारीबाट २ करोड अमेरिकीहरूको मृत्यु भयो । उक्त संख्या त्यस समयमा अमेरिकाको कुल जनसंख्याको ९० प्रतिशत थियो । यसबाट युरोपियनहरूले निकै फाइदा उठाए । महामारीबाट धमाधम अमेरिकनहरुको मृत्यु हुन थालेपछि उनीहरूले जहाँ खाली ठाउँ छ त्यहाँ आफ्नो बस्ति बसाउन सुरु गरे । स्मलपक्स अझै पनि समाप्त भएको छैन । बीबीसीको रिपोर्ट अनुसार यस महामारीबाट हालसम्म ३५ करोडभन्दा बढी मानिस मरिसकेका छन् । सन् १७९६ मा डाक्टर एडवर्ड जेनरले यस रोग विरुद्धको खोपको विकास गरेका थिए ।

५. हैजा, सन् १८१७
यस्तो महामारी जुन भारतमा उत्पन्न भयो र अमेरिकादेखि अफ्रिकामा फैलियो । १८१७ मा हैजा नामको रोग संसारभर फैलियो । यसलाई क्यालोरा पनि भनिन्छ । यो रोग भारतमा उत्पन्न भएको थियो । तर पछि यो रोग गंगा नदीको डेल्टा हुँदै एशिया, यूरोप, उत्तर अमेरिका र अफ्रिकामा पनि फैलियो । फोहोर पानी पिउनु यस रोग लाग्नुको मुख्य कारण थियो । त्यस समयमा यस रोगका कारण १० लाख भन्दा बढी मानिस मरेका थिए । डब्ल्यूएचओका अनुसार अहिले पनि प्रत्येक वर्ष १३ लाखदेखि ४० लाख मानिसहरू यस रोगबाट संक्रमित हुने गर्दछन् भने डेढ लाख भन्दा बढी मानिसको मृत्यु यस रोगका कारण भइरहेका छन् ।

६. स्पेनिस फ्लू, सन् १९१८
विश्वभरमा ५ करोड मानिसको ज्यान लिएको यस महामारीले भारतमा मात्रै १ करोड ७० लाखको ज्यान लिएको थियो । १९१८ मा फैलिएको महामारीलाई स्पेनिश फ्लू पनि भनेर चिनिन्छ । यसलाई पछिल्लो ५०० बर्षको इतिहासमा सबैभन्दा खतरनाक महामारी मानिन्छ । त्यस समयमा विश्वको एक तिहाई जनसंख्या अर्थात् ५० करोड मानिस यस महामारीबाट संक्रमित भएका थिए । यसबाट विश्वव्यापी रूपमा ५ करोड भन्दा बढीको ज्यान गएको थियो । भारतमा मात्र यसबाट १ करोड ७० लाख मानिस मरेका थिए । यो रोग यति विचित्र थियो कि यसबाट स्वस्थ मानिसहरूको सबैभन्दा बढी मृत्यु भएको थियो । स्पेनिश फ्लू एचवान नाईनवान नामक भाइरसबाट लाग्ने रोग हो । यो भाइरस अझै पनि हामी बीचमा छ र हरेक वर्ष मानिसहरूलाई संक्रमित गर्ने गर्दछ ।

७. एशियन फ्लू, सन् १९५७
हङकङबाट सुरु भएको रोगले विश्वभर ११ लाख मानिसको मृत्यु भएको थियो । यो रोग १९५७ फेब्रुअरीमा हङकङबाट सुरु भएको थियो । यो रोग पूर्वी एसियामा उत्पन्न भएको हुनाले यसलाई एशियाली फ्लू भनिन्छ । यो रोग एचटु एनटु नामक भाइरसले गर्दा फैलिएको थियो । केही महिनामा नै यो भाइरस धेरै देशहरूमा फैलिएको थियो भने यसले विश्वव्यापी रुपमा ११ लाख भन्दा बढी मानिसको ज्यान लिएको थियो ।

८. हङकङ फ्लू, सन् १९६८
यस चिनियाँ फ्लूले पहिले नै बिरामी मानिसहरूमा असर गर्यो । १३ जुलाई १९६८ मा यो फ्लूको पहिलो केस हङकङमा फेला परेको थियो । यसै कारणले यसलाई हङकङ फ्लू भनिन्छ । यद्यपि केही विज्ञहरू भने यो भाइरस चीनबाट हङकङमा आएको बताउँछन् । H3N2 नामक भाइरसबाट यस फ्लू फैलिएको थियो । केही महिना भित्रै यस भाइरस भियतनाम, सिंगापुर, भारत, अमेरिका र युरोपसम्म पुगेको थियो । यस भाइरसको कारण मृत्यु हुनेमा धेरै जसो व्यक्ति ६५ बर्ष भन्दा माथिका थिए । जो पहिले नै अन्य रोगहरुबाट गम्भीर थिए उनीहरुलाई यस भाइरसले बढी संक्रमण गर्ने गथ्र्यो । यस भाइरसबाट विश्वभरमा १० लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

९.एचआईभी एड्स, १९८१
चिम्पान्जीबाट फैलिएको यस रोगबाट आज पनि हरेक बर्ष लाखौं मानिसको मृत्यु हुने गर्दछ । १९८१ मा फैलिएको एचआईभी भाइरसलाई मानव इम्युनोडेफिसियन्सी भाइरसको रूपमा चिनिन्छ । यो भाइरसबाट मानवमा एड्स रोग सर्ने गर्दछ । यो रोग अफ्रिकी देश कङगोको राजधानी किंशासाबाट शुरू भएको थियो । यस रोगको उत्पतिको कारण ३० वर्ष पछि मात्र पत्ता लागेको थियो । यो रोग चिम्पान्जीबाट मानिसमा फैलिएको थियो । त्यस समयमा किङशामा मासुको ठूलो बजार थियो र त्यही ठाउँबाट भाइरस मानिसहरूमा आइपुगेको थियोे । यस भाइरसका कारण अहिलेसम्म लगभग ४ करोड भन्दा बढी मानिसको मृत्यु भईसकेको छ । अहिलेसम्म यस भाइरसको कुनै प्रभावकारी उपचार भेटिएको छैन ।

१०. स्वाइन फ्लू, सन् २००९
डब्लुएचओ ले १ वर्ष अघि यस भाइरसलाई महामारीको सूचीबाट हटाएको छ । तर अझै पनि यसलाई निकै घातक मानिन्छ । अप्रिल २००९ मा स्वाइन फ्लूको पहिलो घटना मेक्सिकोमा देखिएको थियो । त्यसपछि मे १३ मा भारतमा पनि स्वाइन फ्लूको पहिलो केस आयो । ११ जुन २००९ मा यसलाई महामारीको रूपमा घोषणा गरिएको थियो । स्वाइन फ्लू H1N1 भाइरसले गर्दा भएको थियो र भाइरस सुँगुरबाट मानिस कहाँ आएको थियो । अगस्त २०१० मा डब्ल्यूएचओले यसलाई महामारी नरहेको बताएको थियो तर, यो रोग अझै पनि हाम्रो बीचमा अवस्थित छ । विश्वभर स्वाइन फ्लूका कारण अहिलेसम्म साढे ५ लाख भन्दा बढी मानिसको ज्यान गईसकेको छ ।एजेन्सीकाे सहयाेगमा

प्रकाशित: २७ पुष २०७७ ०६:२० सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी