1
0
Shares

भारतीय प्रधानमन्त्री मोदीलगायत मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने

1
1
1

नयाँदिल्ली ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।

भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ ।

सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा शुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी भइरहेको छ । रासस

प्रकाशित: ८ माघ २०७७ १४:५९ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी