विश्व

चीनमा आगलागीबाट मर्नेकाे संख्या साढे १३ प्रतिशतले घट्यो

15 Shares

सन् २०२० मा आगलागीबाट चीनमा एक हजार १८३ जनाको मृत्यु भएको छ । यो अघिल्लो वर्षको तुलनामा १३.६ प्रतिशतले कमी सरकारी अधिकारीले शुक्रबार बताएका छन् ।

विपत् व्यवस्थापन मन्त्रालयले एक विज्ञप्तिमार्फत दिएको जानकारीमा गत वर्ष चीनमा दुई लाख ५२ हजार आगलागीसम्बन्धी दुर्घटनामा भएका थिए भने यो अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले कमी हो । आगलागीका कारण चीनमा गत वर्ष प्रत्यक्ष रूपमा ६२ करोड ५९ लाख अमेरिकी डलर बराबरको क्षति भएको र यो सन् २०१९ को तुलनामा ०.५ प्रतिशतले कमी हो ।

यसैबीच चीनमा हुने गरेका झण्डै ५० प्रतिशत आगलागीका घटना ग्रामिण क्षेत्रमा हुने गरेको पनि अधिकारीले बताएका छन् ।

प्रकाशित: ९ माघ २०७७ २०:५५ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी