अनुदानको सोलारमा ठगिएको रकम फिर्ता हुने

अनुदानको सोलारमा ठगिएको रकम फिर्ता हुने


जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–५ का १ सय ८१ दलित र जनजाति घर परिवारलाई दिइएको अनुदानको सोलारमा ठगिएका रकम फिर्ता हुने भएकाे छ ।

‘हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्था’, जुम्लाको पहलमा सो रकम फिर्ता हुने भएको संस्थाका अध्यक्ष मनसुर सुनारले बताए ।सोलारमा ठगी गर्ने मीनवहादुर मल्लले सबै वडाबाट सङ्कलन गरेको रकम दिने बाचा गरेको जनाइएको छ । अध्यक्ष सुनारले दलित समुदायको हकहितका लागि काम गर्न गठन गरिएको सहकारी संस्थाको प्रयासमा रकम फिर्ता गर्ने कार्य सुरु गरिएको जानकारी दिए।

दलित र जनजातिबाट मल्लले प्रति सोलारबाट रु एक हजार ५ सय रूपैयाँ सङ्कलन गरिएको थियो । चन्दननाथ नगरपालिकामा मल्लले एक हजार सोलार वितरणबाट रु १५ लाख रूपैयाँ दलित र जनजातिबाट उठाएकाे थियाे । नगरपालिकाको न्यायिक समितिले पाँच पटकसम्म छलफल गर्दा रकम दिन नमानेपछि छैटौँ पटक बसेको न्यायिक समिति बैठकले मल्ललाई अदालत पठाउने निर्णय गरेको थियो ।

जुम्लामा दुई हजार २ सय १ वटा अनुदानका सोलार ल्याइएकामा दुई हजार २ सय १ सोलारमध्ये नगरपालिकामा एक हजार, गुठीचौर गाउँपालिकामा १ सय ५० र तातोपानी गाउँपालिकामा ४ सय ७० सोलार वितरण भएको थियो ।
–––

Logo