अष्ट्रेलियाका अखबार आन्दोलित, पहिलो पेजमा कालो पोतेर सरकारको विरोध

अष्ट्रेलियाका अखबार आन्दोलित, पहिलो पेजमा कालो पोतेर सरकारको विरोध


सिड्नी,

अष्ट्रेलियाका पत्रपत्रिकाहरुले सोमबार पहिलो पेजमा कालो पोतेर सरकारको विरोध जनाएका छन् । सरकारले मिडियालाई लगाम लगाउन खोजेको भन्दै अखबारहरुले कालो पोतेर ‘सेक्रेट’ पनि लेखेका छन् ।

यसअघि नै सरकारले यहाँको मिडिया एबिसीको कार्यालय र पत्रकारको निवासमै छापा मारेपछि पत्रकारहरुले संघर्ष सुरु गरेका हुन् । गत जुनदेखि नै सुरु भएको सरकार र मिडियाको संघर्ष अहिले शसक्त भएको हो । सोमबार भने देशभरका अखबारले संयुक्त रुपमा विरोध जनाएका हुन् ।
एजेन्सी

Logo