अबको तीन दिन देशभरि नै पानी पर्न सक्ने

अबको तीन दिन देशभरि नै पानी पर्न सक्ने


काठमाडौं,

आजदेखि तीन दिनसम्म देशका विभिन्न ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पनि पूर्वी तथा मध्यक्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । त्यस्तै पश्चिमी भू–भागमा पनि आंशिकदेखि सामान्य बदलीका साथै पानी परिरहेको छ ।

अहिले बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको महाशाखाले जनाएको छ । देशका पूर्वी तथा मध्यक्षेत्र एवं पश्चिम क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी र पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Logo