राई इज किङको नयाँ गीत स्वदेश सार्वजनिक (भिडियो सहित)

राई इज किङको नयाँ गीत स्वदेश सार्वजनिक (भिडियो सहित)


काठमाडौं,

गायक राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘स्वदेश’ बोलको गीतमा गीतकार श्री सिवाको शब्द रचना रहेको छ भने सङ्गीत पुष्प गजमेरको छ ।

श्री सिवा लामो समयदेखि अमेरिका बसेर नेपाली गीत सङ्गीतमा सक्रिय नाम हो । फणिन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई राज खड्काले निर्देशन गरेका छन् ।

ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । गीतमा विकास ज्ञवालीले कलर संयोजन गरेका छन् । राज खड्का र ऋचा शर्माको अभिनय रहेको भिडियोमा स्वदेशमै बसेर केही गर्ने र विदेश नजाने कुराहरू गरिएको छ । हेरौं भिडियोमा :

https://www.youtube.com/watch?v=XWVzQZJEkHs

Logo