प्रदेश १ को सम्पर्क राजधानी धनकुटा राख्ने मन्त्रिपरिषद्को निर्णय

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा राख्ने मन्त्रिपरिषद्को निर्णय


विराटनगर । प्रदेश नम्बर १ को सम्पर्क राजधानी धनकुटा तोकिएको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटालाई प्रदेश राजधानी तोक्ने निर्णय गरेको हो । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राख्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।

संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो । त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ । यसैबीच प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न बुधबारदेखि नेकपा संसदीय दलको बैठक बोलाईएको छ ।

Logo