आजदेखि २० दिनसम्म जुम्ला विमानस्थल बन्द गरिने

आजदेखि २० दिनसम्म जुम्ला विमानस्थल बन्द गरिने


जुम्ला

जुम्लाको एकमात्र विमानस्थल आज ५ वैशाखदेखि २५ वैशाखसम्म बन्द हुने भएको छ । विमानस्थलको थप स्तरोन्नत्तिका लागि आवातजावत बन्द हुने भएको हो ।

गत ८ कात्तिकदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । तर पछि यसलाई पुनः सञ्चालन गरिएको थियो । जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार यसअघि नसकिएको स्तरोन्नत्ति पूरा गर्न अहिले विमानस्थल बन्द गर्न लागिएको हो । जहाज अवतरणमा समस्या आउन थालेपछि निर्माण कार्य शुरु गरिएको उनको भनाइ छ ।

स्तरोन्नति कार्यलाई छिटो सकाउनका लागि विमानस्थल नै बन्द गर्ने निर्णय भएको हो । अहिले विमानस्थलको पार्किङमा घाँस उम्रेको मात्र छैन, रनवेको कालोपत्रे पनि उप्किन थालेको छ । जुम्लामा सुर्खेत र नेपालगञ्जबाट हवाई सेवा सञ्चालन हुने गर्छ । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।

Logo