अन्ततः भारतमा ‘टिक-टक’ बन्द, गुगल प्लेबाट नै एप हटाईयो

अन्ततः भारतमा ‘टिक-टक’ बन्द, गुगल प्लेबाट नै एप हटाईयो


काठमाडौं । अन्ततः लोकप्रिय भिडियो एप टिक-टक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाएको हो । अब नयाँ एप डाउनलोड गर्न सकिनेछैन् । तर पहिल्यै आफ्नो मोबाइलमा यो एप हुनेहरुले प्रयोग गर्न सक्छन् ।

मद्रास उच्च अदालतले भारत सरकारलाई टिक टकमाथि प्रतिवन्ध लगाउने आदेश दिएको थियो । एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको अदालतको जिकिर थियो । तर सर्वोच्च अदालतले उच्च अदालतको आदेश खारेज गरेको थियो ।

सर्वोच्च उक्त आदेशपछि भारत सरकारले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक एपलाई हटाईदिन अनुरोध गर्दै पत्र लेखेको थियो । त्यही बमोजिम दुवै कम्पनीले एप नै हटाईदिएका हुन् ।

भारतमा टिकटकका १२ करोडभन्दा बढि प्रयोगकर्ता छन् । यसले खासगरी युवतीहरुलाई आकर्षित गरिरहेको छ । बंगलादेशमा पनि टिकटकमाथि प्रतिबन्ध लागेको छ । त्यस्तै अमेरिकामा बालबालिकाहरुको सूचना अवैध रुपमा संकलन गरेको भनेर कम्पनीलाई जरिवाना गराइएको थियो । विश्वभर टिकटकका ५० करोडभन्दा बढि प्रयोगकर्ता छन् ।

Logo