जनगणना २०७८ को कार्ययोजना तयार

जनगणना २०७८ को कार्ययोजना तयार


काठमाडौं

केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ का लागि राष्ट्रिय तथ्यगत विवरण संकलन गर्ने तयारी गरेको छ । पूर्ण गणनामार्फत विभागले तथ्यांक संकलन गर्ने भएको हो ।

जनशक्ति र अन्य स्रोत प्रक्षेपणसहितको परियोजनाको तयारी गरिरहेको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । जनगणनाका लागि ७५३ स्थानीय तहको गणना नक्सा निर्माण भइरहेको उनले बताए । आगामी आर्थिक वर्षमा नक्सा तयार गरेर प्रिन्टसमेत गर्ने तयारीमा रहेको उनले बताए ।

जनगणना व्यवस्थापन र सञ्चालन निर्देशिका तथा मापदण्ड तयारी मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाएको छ । पाँच वर्षको बजेट व्यवस्थापनका लागि सरकार र दातृ निकायसँग सहयोग र समन्वय गर्नेछ । जनगणना सञ्चालन पूर्वपाइलट सर्वेक्षणको तयारी पनि विभागले गरेको छ ।

आगामी आर्थिक वर्षदेखि विभागले जनगणना पाइलट सर्वेक्षण सञ्चालन गर्ने महानिर्देशक अर्यालले जानकारी दिए । पाइलट सर्वेक्षणपछि प्रश्नावली र निर्देशिका अन्तिमरुप दिने योजना छ ।

यस अघि २०६८ मा जनगणना भएको थियो । त्यो सय वर्षको ११ औं जनगणना हो । यसमा पशुपंक्षीको पूर्णगणना समेत समेटिएको थियो । हालसम्म ११ वटा जनगणना सम्पन्न भइसकेका छन् । १९६८ पछि नेपालमा करिब १०/१० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ ।
अन्नपूर्णबाट

Logo