प्रदेश र स्थानीय तहमा आधा पनि भएन समायोजन

प्रदेश र स्थानीय तहमा आधा पनि भएन समायोजन


काठमाडौँ

कर्मचारी समायोजन अन्तिम चरणमा पुग्नै लाग्दा प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्तिको समायोजन आधा पनि हुन सकेको छैन ।

संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ५३ हजार ६ सय १२ कर्मचारी समायोजन भइसकेको छ । ती कर्मचारीमध्ये संघमै समायोजन हुनेको संख्या ३४ हजार ७ सय ६३ जना रहेका छन् । संघमा ४७ हजार ९ सय २० कर्मचारी रहेकोमा संघमा नै फाजिलमा १ हजार ९४ जना कर्मचारी रहेका छन् ।

सरकारले प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्ने गरी नयाँ दरबन्दी सिर्जना गरेको थियो । तर अहिलेसम्म प्रदेश र स्थानीय तहमा भने जस्तो कर्मचारी समायोजन हुन सकेको छैन ।

केही दिन अघि काठमाडौँमा आयोजित कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबू पण्डितले भने ५५ हजार कर्मचारी समायोजन भइसकेको र बाँकी सबै यही फागुन मसान्तभित्र गरिसक्ने बताउनु भएको थियो ।

उक्त मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार प्रदेशमा ८ हजार १ सय ५५ र स्थानीय तहमा ८ हजार ५ सय ४७ कर्मचारी समायोजन गरिएको छ । प्रदेशमा आवश्यक भन्दा तीन र स्थानीय तहमा नौ गुणा कम कर्मचारी समायोजन भएका हुन् । अहिलेसम्म करिब २५ हजार कर्मचारी समायोजन गर्न बाँकी छ । समायोजन हुन बाँकी रहेका अधिकांशको रोजाई संघ नै छ ।
समायोजनका लागि करिब ७७ हजार कर्मचारीले फाराम भरेका थिए भने करिब १३ हजार कर्मचारीले समायोजन फारम भरेका थिएनन् ।
नेपाल समाचारपत्रबाट

Logo