अन्तिम खेलमा आज नेपाल र कुवेत भिड्दै : महिला टी-२० विश्वकप छनोट

अन्तिम खेलमा आज नेपाल र कुवेत भिड्दै : महिला टी-२० विश्वकप छनोट


काठमाडौँ

आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपालले बुधबार ( आज ) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउन नेपालले कुवेतलाई भारी अन्तरले हराएर मात्र पुग्ने अवस्था भने छैन । नेपाललाई अरु खेलको नतिजाले प्रभाव पार्नेछ ।

तालिकाको शीर्ष स्थानमा रहेको थाइल्याण्डले यूएईसँग हार्नु पर्नेछ । यतिमात्र होइन यदि यूएई भारी अन्तरले विजयी भएमा पनि नेपाललाई शीर्ष स्थानमा पुग्न कठिन हुनेछ ।

किनकी नेपाल र यूएईको समान आठ आठ अंक भए पनि रन रेटका आधारमा नेपाल पछि रहेको छ । चीन विरुद्धको खेलमा नेपालले झिनो अन्तरले जित निकाल्दा पनि रन रेटमा घाटा लागेको थियो ।

बुधबारको खेलमा थाइल्याण्ड विजयी भएमा नेपाल र यूएईको आशा समाप्त हुनेछ । यदि नेपालले कुवेतलाई भारी अन्तरले हरायो र यूएईले थाइल्याण्डलाई झिनो अन्तरले जितेमा रन रेटका आधारमा शीर्ष स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ ।

Logo