यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा

यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा


दार्चुला

दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन । व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बा मध्ये दुई क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् ।

स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न समस्या भएकोे छ । एकातिर यार्सागुम्बा सङ्कलकले व्यापारीबाट यार्साबापतको रुपैयाँ मागिरहेका छन् भने अर्कोतिर जिल्लाका व्यापारीले खरीद गरेको यार्सागुम्बा बिक्री गर्न नसक्दा समस्यामा परेको छ ।

यार्सागुम्बा व्यापारी तेजबहादुर बमले यो वर्ष खरीद गरेको झण्डै एक क्विन्टल यार्सागुम्बा मध्ये आधा पनि बिक्री हुन नसकेको बताउनुभयो । “मैले झण्डै ९० किलोग्रामको हाराहारीमा यार्सागुम्बा खरीद गरे, तर हालसम्म ३०/३५ किलोग्राम जति मात्रै बिक्री गर्न सकेको छु”, उहाँले भन्नुभयो ।

“गुणस्तर हेरेर प्रतिकिलो १७ लाखदेखि २४ लाखसम्मका दरले खरीद गरेको यार्सागुम्बा बिक्री नभएपछि हामी समस्यामा छौं ”, व्यापारी बमले भन्नुभयो, “काठमाडौँमा अहिले प्रतिकिलोग्राम १० लाखमा बिक्री हुन मुस्किल भइरहेको छ, विशेषगरी चीनका व्यापारीले निर्यात गर्ने यार्सागुम्बामा कम मूल्य भन्न थालेपछि बिक्री रोकिएको छ ।”
नेपाल समाचारपत्रबाट

Skip This
Logo