मानव अधिकार आयोगमा प्रमुख जिल्ला अधिकारीको नाममा उजुरी

मानव अधिकार आयोगमा प्रमुख जिल्ला अधिकारीको नाममा उजुरी


जुम्ला ।

जुम्लाको चन्दननाथ नगरपलिका वडा नम्बर ७ का नरेन्द्र महतले राष्ट्रिय मानव अधिकार आयोग जुम्लामा जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाविरुद्ध उजुरी दर्ता भएको छ।

प्रमुख जिल्ला अधिकारीले व्यक्तिगत रिस साट्न स्थनीयको घर छापा मार्न लगाएको भन्दै उजुरी परेको हो । घटनालाई लिएर स्थानीय पनि आन्दोलित भएका छन्।

चन्दननाथ नगरपालिका ७, माथि महतगाउँ जुम्ला निवासी नरेन्द्र महत र नन्दालक्ष्मी महतको घरमा गत १३ गते राति एक्कासी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको निर्देशनमा प्रहरीले छापा मारेको थियो।

नाम बिनाको पुर्जी जारी गरेर भएको खानतलासीले घरका सदस्य, छिमेकी, बालबालिका र आफन्तलाई मनोवैज्ञानिक असर परेको स्थानीय नरेद्र महतले जानकारी दिए ।

यस सम्बन्धमा महत परिवारले राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्लामा १५ गते उजुरी दर्ता गराएका हुन् ।

यता डीएसपी माधवराज काफ्लेले फरारको सूचीमा रहेका केही व्यक्तिहरु लुकेर बसेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको बताएका छन् । उनले यो घटनामा कुनै स्वार्थ नजोडिएको बताए। राष्ट्रिय मानव अधिकार आयोगले भने यसबारेमा अनुसन्धान भइरहेकोले बताएको छ।अन्नपूर्णबाट

Logo