डीपीएल: रुपन्देहीबिरुद्ध ब्याटिङ गर्दै विराटनगर

डीपीएल: रुपन्देहीबिरुद्ध ब्याटिङ गर्दै विराटनगर


धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आजको दोश्रो खेलमा विराटनगर किङस र रुपन्देही च्यालेन्जर्सबीच खेल भैरहेको छ । फाप्ला क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

विराटनगरको यो पहिलो खेल हो भने रूपन्देहीकाे दाेस्राे खेल हाे । पहिलाे खेलमा महेन्द्रनगर युनाइटेडलाइ २ रनकाे राेमाञ्चक जित निकालेकाे रूपन्देही लगातार दाेस्राे जितकाे खाेजीमा हुनेछ ।

यस अघिको पहिलो खेलमा धनगढीबिरुद्ध सीवाईसीले जित दर्ता गरेको थियो ।

Logo