डा. केसीको जीवनरक्षाको माग गर्दै सरकारलाई चिकित्सक सङ्घको ध्यानाकर्षण

डा. केसीको जीवनरक्षाको माग गर्दै सरकारलाई चिकित्सक सङ्घको ध्यानाकर्षण


काठमाडौँ

नेपाल चिकित्सक सङ्घले अनशनरत् प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै उहाँले उठान गरेको मागलाई छिटो भन्दा छिटो सम्बोधन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।

सङ्घका आजीवन सदस्यसमेत रहनुभएका प्राडा केसीको स्वास्थ्यस्थिति नाजुक हुँदै गएको भन्दै सङ्घले एक विज्ञप्ति मार्फत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर मागलाई सम्बोधन गर्न सरकारसित आग्रह गरेको हो ।

सङ्घका महासचिव डा लोचन कार्कीद्वारा विहिबार जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट छिटो समस्याको समाधान गर्न सरकारसित माग गरिएको छ । साथै आफ्नो पूर्ववत् आन्दोलनका कार्यक्रम जारी रहेको सङ्घले जनाएको छ ।

सरकारले आफूसित विगतमा गरेका सम्झौताका केही बुँदा छुटाई ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ तयार गरेको प्रति असन्तुष्टि राख्दै प्राडा केसीले १६ औँ अनशन शुरु गर्नभएको थियो । उहाँले अनशन शुरु भएको आज २४ दिन भएको छ । उहाँका उपचारमा संलग्न चिकित्सकले डा केसीको स्वास्थ्यस्थिति अन्त्यन्त कमजोर हुँदै गएको जनाएका छन् ।

Logo