केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

यातायातको वेबसाइट ह्याङ्देखि विप्लवको जनसभासम्म

यातायातको वेबसाइट ह्याङ्देखि विप्लवको जनसभासम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

 

गृह मन्त्रालयले ल्यायो सदाचार संहिता, के गर्न हुने के गर्न नहुने ?

 

सार्वजनिक प्रशासनलाई थप प्रभावकारी बनाउने, स्रोत साधनको उच्चतम प्रयोग गर्ने, दण्डहिनताको अन्त्य गर्ने र मानव अधिकारको रक्षा गर्ने लक्ष्यका साथ गृह मन्त्रालयले सदाचार संहिता २०७५ जारी गरेको छ । मन्त्रालयले विभिन्न २० बुँदे सदाचार संहिता लागु गरेको हो । मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना २०७४, निजामती कर्मचारीको आचरण सम्बन्धी नियमावली २०६५ का आधारमा पदीय तथा पेशागत आचरण सम्बन्धी सदाचार संहिता लागु गरेको हो । यो संहिता गृह मन्त्रालय र यस अन्तर्गतका विभाग, निकाय, आयोजना, परियोजना वा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, कारागार लगायतका कार्यालयमा कार्यारत कर्मचारहिरुलाई लागु हुनेछ । तर करारमा कार्यारत व्यक्ति, संस्था, बिशेषज्ञ वा सल्लाहारहरुको हकमा भने करार सम्झौता अनुसार हुने संहितामा उल्लेख छ ।

 

स्वदेशी मदिरा उद्योग धरासयी बनाउने सरकारको तयारी

 

सरकारले मदिरा उत्पादन र बिक्री वितरणमा हदैसम्मको कडाई गर्ने तयारी थालेको छ । कानून मार्फत सरकारले मदिरा उत्पादन तथा विक्री वितरणमा कडाई गर्न लागेको हो । जारी गर्न लागिएको ‘मदिरा उत्पादन र विक्री वितरणको नियन्त्रण तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धि कार्यकारी आदेश २०७५’ मा यस्तो कडाई गर्ने व्यवस्था रहेको छ । जो स्वीकृतिका लागी मन्त्रिपरिषद पुगेको स्रोतले जनाएको छ ।

 

लाइसेन्सको आबेदन खुल्यो तर वेबसाइट घुमेको घुम्यै

 

चाडपर्व लगायत बिबिध कारण देखाउंदै रोकिएको स्मार्ट लाइसेन्सको आबेदन आज (शुक्रबार) बाट खुलेको छ । यातायात व्यवस्था विभागले यस अघि नै देशैभर लाइसेन्सको फारामका लागि अनलाइन आबेदन अनिवार्य गरिसकेको छ । त्यसकारण घर/ कार्यालयबाटै लाइसेन्सका लागि आबेदन दिन सकिन्छ। लामो अवधिपछि आवेदन खुलेकाले सर्भरमा समस्या आउने सक्ने सम्वन्धमा समेत सचेत भएर काम गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले अनलाइन फारम भर्दा सेवाग्रहीलाई समस्या नपुगोस भनेर मंगलवार र बुधवार २३ वटा यातायात कार्यालयका कर्मचारीलाई सर्भरको तालिम दिइएको जानकारी दिए।

 

देशभरका शिक्षकहरुले घेरे सामाजिक विकास मन्त्रालय

शिक्षा क्षेत्रको सुधारको माग राख्दै आन्दोलनरत शिक्षकहरुले देशभरका सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन् । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरुले विरोध प्रदर्शनसहित सामाजिक विकास मन्त्रालय घेराउ गरेका हुन् । उनीहरुले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा घेराउ गरेका हुन् । विभिन्न २६ सुत्रीयमाग राख्दै पटक पटक सरकारको ध्यानर्कषण गराउँदै मागहरु पुरा नभएको भन्दै सामाजिक मन्त्रालय घेराउ गरेका हुन् । उनीहरु विभिन्न प्ले कार्ड बोकेर मन्त्रालय पुगेका थिए ।

 

विप्लव जनसभाको तयारी पुरा, कार्यक्रमस्थल नै सारियो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भोलि आयोजना गर्न लागेको कार्यक्रमस्थल परिवर्तन गरिएको छ । यसअघि काठमाडौंको टुँडिखेलमा आयोजना हुने भनिएको कार्यक्रम अब भृकुटीमण्डमा हुने नेकपा उपत्यका ब्यूरोले जनाएको छ ।

 

किष्ट बैंक घोटाला काण्ड: नायव महाप्रबन्धकसहित २ जना पक्राउ

 

किष्ट बैङ्क घोटाला काण्डमा तत्कालिन नायव महाप्रबन्धक बीएन घर्ती र डेपुटी जनरल म्यानेजर प्रविन श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको हो । उनीहरु पक्राउ परेकाबारे सीआईबीका एसपी सुदीप गिरीले पुष्टि गरेका छन् ।

 

नेविसंघ महामन्त्री काफ्लेलाई हृदयघात

 

नेपाल विद्यार्थी संघ नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाई हृदयाघात भएको छ । उनी आफ्नै घरमा बिहान अचेत अबस्थामा फेला परेका थिए  काफ्लेको गंगालाल हृदय केन्द्रमा उपचार भइरहेको छ । उनको अहिले शल्यक्रिया गर्ने तयारी भैरहेको छ।  

 

डडेल्धुरा बस दुर्घटना: घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

 

बिहिबार डडेल्धुराको रडुवाखोलामा भएको बस दुर्घटनामा घाइतेको सबै उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुगेर घाइतेहरुलाई भेटी सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गरेका हुन् ।

 

निर्मला प्रकरणः धर्नास्थलमा नेताको ओइरो, एक हजार बढीको ऐक्यबद्धता

 

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन

 

कोटेश्वर–कलङ्की सडकमा थप ६ स्थानमा आकाशे पुल बन्दै

 

काठमाडौंको एक होटलमा युवती बलात्कृत

 

काठमाडौँको एउटा बस्ती जहाँका स्थानीय धमाधम बसाई सर्दै

 

टुँडिखेलमा भइरहेको स्वामी शिवकृपानन्दको प्रवचनको केन्द्रविन्दु टेलिभिजनबाट गरिएको प्रत्यक्ष प्रशारण 

 

११ महिनामा ३३ नाबालिका बलात्कृत

 

कामपाका मेयर शाक्यद्वारा कुलदेवता घरको शिलान्यास

 

पाकिस्तानमा चिनियाँ दूतावासमा आक्रमण, २ को मृत्यु

 

वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता

 

आईसीसी महिला विश्वकप: उपाधिका लागि इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo