कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायको लागि भन्दै सपरिवार अनसन बस्ने घोषणा गरिएको छ । घटना भएको १ सय ३ दिन वितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेको भन्दै तिहारपछि कात्तिक २५ गतेदेखि निर्मलाको सपरिवार अनिश्चितकालिन अनसनमा बस्ने घोषणा गरिएको हो । "/>

निर्मलाको न्यायका लागि बाबु यज्ञराजसहित सपरिवार २५ गतेदेखि अनसन बस्ने

निर्मलाको न्यायका लागि बाबु यज्ञराजसहित सपरिवार २५ गतेदेखि अनसन बस्ने


कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायको लागि भन्दै सपरिवार अनसन बस्ने घोषणा गरिएको छ । घटना भएको १ सय ३ दिन वितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेको भन्दै तिहारपछि कात्तिक २५ गतेदेखि निर्मलाको सपरिवार अनिश्चितकालिन अनसनमा बस्ने घोषणा गरिएको हो ।

अनसनबाट पनि आफुहरुका माग सम्बोधन नगरिए आमरण अनसन बस्ने निर्मलाका बाबु यज्ञराज पन्तले घोषणा गरेका छन् । आइतबार भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित निर्मलाका बाबु यज्ञराजले घरमै पत्रकार सम्मेनल आयोजना गरेर २५ कार्तिकदेखि प्रशासनको मुल गेटमा अनिश्चिकालिन धर्नामा बस्ने घोषणा गरेका हुन् ।

‘घटना भएको १०२ दिन वितिसक्यो, वास्तविक हत्यारा अझै सार्वजनिक भएको छैन, ‘उनले भने, ‘तिहारपछि सम्म दोषी सार्वजनिक नगरे आमरण अनसनमा बस्छु ।’ आफुलाई वास्तविक हत्यारा र न्याय चाहिएको बताउँदै उनले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताए ।

अनुसन्धानका नाममा प्रहरीले घरपरिवार, आफन्त र छरछिमेकीलाई मानसिक यातना दिईरहेको आरोप लगाए । न्याय ओझेलमा परेको भन्दै महिला अगुवा हेलन श्रेष्ठ नेतृत्वको दवावमुलक संघर्ष समिति र अधिकारकर्मी मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले छठ पर्वसम्म आन्दोलन स्थगित गरेका थिए ।

गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया बालिका निर्मला साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

Logo