कुनै पनि प्रमाण नष्ट गरिएको छैन् ।
  • आफ्नै रगत परीक्षण गराउँदा जीवनमा सबैभन्दा पिडा र आत्मग्लानी भयो । "/>

    निलम्बित एसपी बिष्ट भन्छन्, ‘निर्मलालाई न्याय दिलाउन म जे पनि गर्न तयार छुँ’

    निलम्बित एसपी बिष्ट भन्छन्, ‘निर्मलालाई न्याय दिलाउन म जे पनि गर्न तयार छुँ’


    • कुनै पनि प्रमाण नष्ट गरिएको छैन् ।
    • आफ्नै रगत परीक्षण गराउँदा जीवनमा सबैभन्दा पिडा र आत्मग्लानी भयो ।
    • केही स्वार्थी समूहले मलाई फसाउन यो घटनालाई यहाँसम्म ल्याए ।
    • कञ्चनपुरबासीलाई संयमित हुन आग्रह गर्दछु ।

    चर्चित निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा विवादित बनेका तत्कालिन एसपी डिल्लीराज विष्टको डिएनए रिपोर्ट नेगेटिभ आयो । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी बिष्टसहित उनका छोरा र भीमदत्त नगरका मेयरका भतिजको डिएनए रिपोर्ट नेगेटिभ आएको हो ।

    जिल्ला अदालतको मौखिक आदेशअनुसार तिनै जनाको डिएनए परीक्षण गरिएको थियो । परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएपछि घटना थप रहस्यमय बनेको छ । आम चासोको विषय बनिरहेको यो घटनामा अब निर्मलाले न्याय पाउनेमा थप शंका पैदा भएको छ ।

    सुनोजित तरिकाले घटनामा संलग्नलाई पन्छ्याएर निर्दोष व्यक्तिलाई दोषी करार गर्न खोजेको आरोप लागेका एसपी डिल्लीराज बिष्ट यतिबेला केही हलुका भएका छन् । केन्द्रविन्दुकर्मी एसपी विष्ट बस्ने घरमा पुग्दा उनी भन्दै थिए, ‘डिएनए रिपोर्टले केही हलुको भएको छ ।’

    उनी यो घटनामा सुरुदेखि नै राजनीतिकरण गरियो भन्छन् । घटनालाई राजनीतिक रुप दिँदा प्रहरीले अनुसन्धान गर्न नपाएको, लामो यमयसम्म आन्दोलनको सामना गर्दा दोषी उम्किन सफल भएको उनको भनाई छ । भन्छन्, ‘सबैभन्दा अप्ठेरो परेको भनेको आन्दोलन हो । घटनास्थलमा लाश फेला परेदेखि नै आन्दोलन सुरु गर्दा अनुसन्धानमा समस्या भयो । लाश फेला परेको ठाउँमा ‘एसपी, सिडिओ आउनुपर्छ भन्ने कि मेयर आउनुपर्छ भन्ने ?’ मेयरलाई खोजी गर्ने कि एसपी सिडिओलाई खोज्ने ? मेयरलाई घटनास्थलमा बोलाउँदादेखि नै यो घटनालाई राजनीतिकरण गर्न सुरु भयो । लाशलाई नगरपालिकामा लाने कि अञ्चल अस्पताल लाने ?’

    घटनालाई राजनीतिकरण गरियो भनिरहँदा हामीलाई एसपी बिष्टलाई सोध्यौं त्यो आन्दोलन नभएको भए त मानसिक सन्तुलन कमजोर भनिएका दिलिप विष्टजस्ता निर्दोष व्यक्ति अहिले जेलको हावा खाईरहेका हुन्थ्ये नि ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘दिलिपलाई सार्वजनिक गर्दा नै उनको बयानको आधारमा उनी दोषी हुन भनेका थियौं । त्यसपछिका पाटाहरु उनको मानसिक स्वास्थ्य परीक्षणदेखि आवश्यक परेको खण्डमा डिएनए परीक्षण पनि गर्छौ भनेका थियौं । हामीले केवल अदालतबाट म्याद थप गरेर अनुसन्धान न गरिरहेका थियौं ।’

    एउटा जिल्ला प्रहरीको मात्र नभई केन्द्रबाट आएको सीआईबी, प्रदेश सरकारले खटाएको विज्ञ सम्मिलित टिमले सुरुदेखि नै घटनाको अनुसन्धान गरिहेको उनको भनाई छ । प्रहरीले घटना सार्वजनिक भएपछि निर्मलाको शव फेला परेको क्षेत्र किन शिल नगरेको भन्ने प्रश्नमा उनी भन्छन्, ‘लाश कहाँ छ भन्ने थाहा थिएन् । हामी साईकल भेटिएपछि उखुबारीमा खोज्दै गयौं । त्यहाँ खोज्न प्रहरीसँगै करिब २ सयको संख्यामा स्थानीय पनि थिए । प्रहरी कम स्थानीय बढी । खोज्दै जानेक्रममा लाश भेटियो । प्रहरीले भन्दा स्थानीयले पहिला लाश फेला पारे । प्रहरी त्यहाँ पुग्दासम्म स्थानीयले घेरिसकेका थिए । त्यही भएर घटनास्थलमा शिल गर्न सकिएन् ।’

    निर्मलाको शवसँगै फेला परेको कपडालाई पखालेको विषयलाई एक महिनापछि ठूलै मुद्दा बनाएको भन्दै उनी भन्छन्, ‘एक महिनासम्म कसैले पनि केही कुरा निकालेनन् । जब घटनालाई राजनीतिकरण गरियो । अनि मात्र कुरा उठ्यो कपडाको । उनको शरिर नांगो अवस्थामा थियो । त्यही भएर त्यो कपडाले नै छोप्न महिलाले त्यस्तो गरेको हो । यो गल्तीवस भएको हो । यहाँ कुनै प्रमाण लुकाउने वा नष्ट गर्ने नियत थिएन् । प्रमाण त निर्मलाको शरिरभित्र नै थियो । जुन पछि डाक्टरले निकालिसकेका थिए ।’

    उक्त घटनाको छानविन गर्न सरकारले एक उच्चस्तरिय छानविन समिति गठन गरेको थियो । समिति भने प्रहरीले सबै प्रमाण नष्ट गरेको निष्कर्षमा पुगेको थियो । प्रमाण नष्ट गर्न वा लुकाउन प्रहरी कहाँसम्म पुगेको रहेछ भन्ने कुरामा एसपी विष्ट भन्छन्, ‘हामीले कुनै पनि प्रमाण नष्ट गरेका छैंनौं । घटनापछि भेटिएका साईकल र कितावहरु निर्मलाको आमालाई साक्षी र बाबुलाई रोहबरमा राखिएको थियो । त्यो मुचुल्कामा मिति ११ गतेको थियो । त्यो दिन बाबु रहेनछ । त्यो खाली छोडियो । १२ गते बाबु आउँदा रोहबरमा १२ गते लेख्नुपर्नेमा ११ गतेको मा नै औंठाछाप गरियो । त्यो पनि दस्तखत त साईकल र किताब निर्मलाकै हो भन्नेमा गरिएको हो । त्यसरी केलाउँदै जाने हो भने त साना–साना गल्तीहरु आउँछन् । प्रत्येक स्टेप स्टेपमा गल्ती भेटिन्छ । नर्मली प्रहरीले गर्दा केही कुरामा ध्यान नदिँदा वा ध्यान नजाँदा त्यस्ता गल्तीहरु हुन्छन् । त्यसलाई मुख्य विषय बनाउनु हुँदैंन् ।’

    यो घटनामा एसपी विष्टलाई सबैभन्दा दुःख लागेको कुराः
    सायद नेपाल प्रहरीको ईतिहासमा कुनै घटनामा संलग्न भएको भन्दै प्रहरी अधिकारीकै डिएनए परीक्षण गरिएको सम्भवः पहिलो पटक होला । त्यो पनि दुवै बाबु छोराको । एसपी विष्ट भन्छन्, ‘होईन के आफ्नै छोरी समानको बालिकाको बलात्कार गर्न सक्छु र ? आरोप लगाउनेहरुले अलिकति पनि मानवियता नभई आरोप लगाए । चौविसै घण्टा म सँगै गार्ड हुन्छन्, प्रहरी भ्यानमा मात्र हिड्छु । जिल्लाकै शान्ति सुरक्षाको जिम्मा लिएको मान्छेलाई त्यस्तो आरोप लाग्दा कस्तो होला ? म कल्पना पनि गर्न सक्दिन् ।’

    यो प्रकणरणमा उनी अनुसन्धान गर्नेहरुलाई दोषी ठान्छन् । जे मास (भिड) ले भन्छ त्यही त्यही गर्दै जाने हो भने के–के होला ? त्यो कल्पनाभन्दा बाहिरको विषय हो । मासले भनेकै भरमा आफु र आफ्नो छोराको डिएनए परीक्षण गर्न रगत दिनुपरेको भन्दै उनी भन्छन्, ‘यो भन्दा आत्मगलानी र लज्जाको विषय के हुन्छ ?’

    कतै निर्मलाको भेजाईनल स्वाव नै त नक्कली होईन ? भन्ने प्रश्नमा एसपी विष्ट भन्छन्, ‘हाम्रो समाज नेगेटिभ तिर गईरहेको यो एउटा जलन्त उदाहरण हो । तपाई जे कुरालाई पनि नेगेटिभ पाटोबाट नहेर्नुहोस्, पोजेटिभ पाटोबाट पनि हेर्नुहोस । त्यो पनि भेजाईनल स्वाव त मैले या प्रहरीले निकाल्ने होईन् पोष्टमार्टम गर्दा डाक्टरले निकाल्ने हो । अस्पतालको डाक्टरले कहिले फेक काम गर्छ सोच्नुहुन्छ ?’

    यो घटना मिलाउन तपाईले आर्थिक लेनदेन गर्नुभएको हो भन्ने हल्ला छ नि ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘एउटा जिल्ला प्रमुख त्यो पनि प्रहरीको । बलात्कार जस्तो जघन्य अपराधमा आफ्नै छोरी चेलीको बलात्कारपछि हत्या भएको छ । त्यो घटना मिलाएर मैले के नै पाउने हो र ? मैले त कसैसँग आर्थिक लेनदेन गरेर के नै हुन्छ ? मान्छेहरु त जे जे मन लाग्यो त्यही भन्छन् । कहिले एसपीले नै निर्मलाको बलात्कार गरेको पनि भने । कहिले एसपी चोर देश छोड पनि भने उनीहरुको पछि लागेर साध्य हुदैंन् ।’

    छानविन समितिले त यो घटनामा प्रमाण लुकाउने मुख्य सन्दिग्ध त तपाई नै हो भनिएको छ नि ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यो हो भने कुन ठाँउमा नष्ट गरिएको छ त्यो देखाउनु पर्यो नि ! गलत किसिमले अभाह फैलाएर नै कुरा गर्ने हो भने सबै मै हो । अनुसन्धानको विषयमा मैले कुनै गलत कुरा बोलेको छु र । अनुसन्धान सहज होस भनेर म अहिलेसम्म एक शब्द बोलेको छैन् । मैले गल्ति गरेको सबै प्रमाण नष्ट गरेको भन्ने सरासर गल्त हो र यो हल्लाको पछाडि नलाग्न मैले सबैलाई अनुरोध गरे ।’

    अब के निर्मलाले न्याय पाँउछ होला ? भन्ने प्रश्नमा एसपी विष्ट शत प्रतिशत पाउनेमा विश्वस्त छन् । भन्छन्, ‘निर्मलाले १०० प्रतिशत न्याय पाउँछिन् । अलिकति बढि समय लाग्न सक्छ तर उनले अवश्य न्याय पाँउछिन् । विगतमा कतिपय घटनाहरुको प्रमाण पनि दश–बाह्र वर्षपछि सार्वजनिक भएको खबर पनि हामीले सुन्दै आएका छौं । कञ्चनपुरमा अस्ति भर्खर पनि एउटा १९ वर्ष ६ महिना पछि कर्तब्य ज्यान मुद्दाको फरार अभियुक्त फेला पर्यो । त्यो अनसन्धान निरन्तर हुन्छ र समय पुरा भएपछि त्यो पनि बाहिर आँउछ ।’

    Logo