भोजपुर । अरुण गाउँपालिका–२ स्थित चम्पे माविका शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन गएपछि स्थानीयवासीले विद्यालय सञ्चालनमा ल्याएका छन् । "/>

सबै शिक्षक परीक्षा दिन गएपछि स्थानीयवासीबाट पठनपाठन

सबै शिक्षक परीक्षा दिन गएपछि स्थानीयवासीबाट पठनपाठन


भोजपुर । अरुण गाउँपालिका–२ स्थित चम्पे माविका शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन गएपछि स्थानीयवासीले विद्यालय सञ्चालनमा ल्याएका छन् ।

चौध शिक्षकको दरबन्दी रहेको विद्यालयका प्रधानाध्यापकसहित ६ शिक्षक परीक्षा दिन धनकुटा गएपछि व्यवस्थापनले नियमित पठनपाठनको लागि स्थानीयलाई बोलाएको हो ।

मावि तहका शिक्षक परीक्षा दिन गएसंँगै गत आइतबारदेखि पूर्वप्रधानाध्यापकलगायत अन्य पाँच जनाले गणित र विज्ञानबाहेक सम्पूर्ण कक्षा नियमित रुपमा सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य रामप्रसाद आचार्यले जानकारी दिए ।

शिक्षक सेवा आयोगले असोज ११, १२ र १३ गते गरी मावि, निमावी र प्राविको लागि स्थायी शिक्षकको परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षा दिनको लागि शिक्षकहरु अर्को जिल्ला गएपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।

शिक्षक सेवा आयोगले पहिलो पटक जुन जिल्लाबाट फारम भरेको छ अर्को जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । जसका कारण विद्यालयमा पठाउँदै आएको अस्थायी, करार शिक्षकहरु स्थायी शिक्षकको परीक्षा दिन अर्को जिल्ला गएका हुन् ।

 

 

Logo