बारा

कलैया बितरण केन्द्र मातहतमा रहेका जिल्लाका ग्रामीण भेगका गाउँहरुमा दैनिक ५६ प्रतिशत विद्युत चुहावट हुने गरेको छ । "/>

बारामा दैनिक ५६ प्रतिशत विद्युत चुहावट : नियन्त्रणका लागि प्रशासन मौन

बारामा दैनिक ५६ प्रतिशत विद्युत चुहावट : नियन्त्रणका लागि प्रशासन मौन


बारा

कलैया बितरण केन्द्र मातहतमा रहेका जिल्लाका ग्रामीण भेगका गाउँहरुमा दैनिक ५६ प्रतिशत विद्युत चुहावट हुने गरेको छ । विद्युत चुहावटको कारण प्रत्येक महिना विद्युत प्राधिकरणलाई यस क्षेत्रबाट दुई करोड ५६ लाख जतिको घाटा हुने गरेको नेपाल विद्युत प्रधिकरण कलैया बितरण केन्द्रका अधिकारीहरुले बताएका छन् ।

कलैया विद्युत बितरण केन्द्रका प्रमुख गजेन्द्र चौधरीले केन्द्रिय प्रशारण लाईनबाट आउने विद्युतबाट आधा भन्दा कम मात्रै सदुपयोग हुने गरेको बताए । ‘केन्द्रिय प्रशारण लाईनबाट प्रत्येक महिना लगभग २० मेगावाट विद्युत आउने गरेको छ, चौधरीले भने, ‘केन्द्रिय प्रशारण लाईनबाट आउने विद्युत मध्ये ४४ प्रतिशत मात्रै विद्युतलाई ग्रहकहरुले नियम अनुसार बाल्ने गरेको छन् ।’

सिम्रौनगढ क्षेत्र र भारतको बिहारसँग सीमाना जोडिएको दक्षिणी भागका गाउँहरुमा बढी विद्युत चुहावट हुने गरेको चौधरीले बताए । बढी विद्युत चुहावट हुने सिम्रौनगढ क्षेत्र र जिल्लाको दक्षिणी क्षेत्रमा चुहावट गर्नेलाई कारवाही गर्न जाँदा प्राधिकरणका कर्मचारी र सुरक्षाकर्मीहरु माथि नै गाउँलेहरुले आक्रमण गर्ने गरेको चौधरीले सुनाए । बढी विद्युत चुवाहट हुने ग्रामिण भागका गाउँहरुमा जडान गरिने विद्युतीय ट्रन्सफर्मर समेत बढी मात्रामा क्षती हुने गरेको उनले बताए ।
नागरिकबाट

Logo