काठमाडौं


नेपाल यातायात व्यवसायी महासंघले आज देखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको छ । "/>

आज देखि लिने भनिएको दशैंको अग्रिम टिकट बुकिङ नलिइने

आज देखि लिने भनिएको दशैंको अग्रिम टिकट बुकिङ नलिइने


काठमाडौं

नेपाल यातायात व्यवसायी महासंघले आज देखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको छ ।

 

आयल निगमले केहि दिन अघि इन्धनको मूल्यबृद्धि गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ३ / ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको थियो । सरकारलाई यातायात व्यवसायीले सो मूल्यबृद्धि फिर्ता लिन ४८ घन्टे अल्टिमेटम पनि दिएको थियो । तर इन्धनको मुल्य भने अझै सम्म पनि घटेको छैन ।

 

आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेर आज देखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौला जानकारी दिए । महासंघको यो निर्णय सँगै दशैंमा घर जाने लाखौं नागरिकलाई समस्या पर्ने देखिएको छ ।

Skip This
Logo