काठमाडौं

संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ । "/>

सरकार भव्य बनाउँदै, उपप्रधानमन्त्रीको पार्टी बहिष्कारमा : संविधान दिवस

सरकार भव्य बनाउँदै, उपप्रधानमन्त्रीको पार्टी बहिष्कारमा : संविधान दिवस


काठमाडौं

संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ । संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल र संघीय समाजवादी फोरम सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने र दिवसलाई कालो दिनका रूपमा बहिष्कार गर्ने निर्णयमा पुगेका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधानमन्त्री छन् भने उनकै दलका उपाध्यक्ष प्रदेश २ सरकारको उपप्रधानमन्त्री छन् ।

सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा केन्द्र र प्रदेश सरकारमा सहभागी यो दलले भने कालो दिनका रूपमा विरोधको कार्यक्रम गर्ने जनाएको छ । संविधान दिवस नमनाउने लाइनमा रहेको राजपा र फोरम प्रदेश २ सरकारमा छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेश सरकार भने संविधान दिवसको भव्य तयारीमा छन् ।

सरकारको नेतृत्व गरेका यी दुई दल भने विरोध स्वरूप कालोदिन घोषणा गरेर अघि बढेका छन् । प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ३ असोजमा मधेसमा विरोध कार्यक्रम गर्ने भएपछि त्यहाँ संविधान दिवस अन्योलमा परेको छ । संविधान संशोधनको माग गर्दै विगतमा आन्दोलन गर्दै आएका दुवै दलले अहिले पनि दबाब दिँदै आएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ३ असोजमा संविधान दिवस मनाउने कुनै निर्णय प्रदेश सरकारले नगरेको बताए । फोरम नेपालका उपाध्यक्ष समेत रहेका राउतले पार्टीले आयोजना गर्ने विरोधका कार्यक्रममा सहभागी हुने कि नहुने भन्ने प्रश्नमा ‘कुनै कमेन्ट नगर्ने’ बताए ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले पार्टीले आयोजना गर्ने विरोधका कार्यक्रममा सहभागी हुने बताइन् । प्रदेश २ मा फोरम नेपाल र राजपा नेपालको गठबन्धन सरकार छ । तर दुवै दलले संविधान दिवसको सट्टा विरोधमा जुट्ने तयारीमा जुटेका छन् ।
राजधानीबाट

 

Logo