काठमाडौं

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको आज ११ औं दिन हो । आइतबार (आज) ३ खेलहरू हुँदैछन् । "/>

विश्वकपमा आज जापान र सेनेगल भिड्ने

विश्वकपमा आज जापान र सेनेगल भिड्ने


काठमाडौं

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको आज ११ औं दिन हो । आइतबार (आज) ३ खेलहरू हुँदैछन् । समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह जी मा रहेका इङ्ल्याण्ड र पानामाबीच प्रतिस्पर्धा हुँदैछ । खेल निज्नी नोभागोरोड रंगशालामा नेपाली समय अनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ । आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गर्दा पानामा बेल्जियमसँग ३–० ले हारेको थियो । अघिल्लो चरण प्रवेश गर्न पानामालाई यो खेल जित्नै पर्ने दबाब छ ।

आजै हुने दोस्रो खेलमा बेलुका ८ः४५ बजे समुह एचका जापान र सेनेगल भिड्नेछन् । यो खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ । जापानले पहिलो खेलमा कोलम्बियालाई २–१ र सेनेगलले पनि पोल्याण्डलाई २–१ ले नै पराजित गरेका थिए । त्यस्तै निज्नी नोभगोरोड रंगशालामा हुने आजको अन्तिम खेलमा राती ११ः४५ मा पोल्याण्ड र कोलम्बिया आमने सामने हुनेछन् । अघिल्लो चरणको यात्रा तय गर्न दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ ।

त्यस्तै गए राती सम्पन्न खेलहरुमा जर्मनी, बेल्जियम र मेक्सिको विजयी भए । बेल्जियमले ट्युनेसियालाई ५, २ को फराकिलो अन्तरले पराजित गरेको थियो भने मेक्सिकोले दक्षिण कोरियालाई २,१ अन्तर तथा जर्मनीले स्विडेनलाई पनि २, १ अन्तरले नै पराजित गरेको थियो ।

Logo