काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवप्रति ओली प्रचण्ड आक्रोशित भएका छन् । "/>

किन विप्लव प्रति आक्रोशित भए ओली र प्रचण्ड ?

किन विप्लव प्रति आक्रोशित भए ओली र प्रचण्ड ?


काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवप्रति ओली प्रचण्ड आक्रोशित भएका छन् । विप्लवप्रति आक्रोशित हुँदै प्रधानमन्त्री ओलीले केही थोत्रा किताब पढेर क्रान्तिका कुरा गरेको आरोप लगाए । उनले प्रश्न गर्दै भने, सुतली बम माक्र्सको पुँजी कितावमा कहाँ छ ? सुतली बम र चन्दाका लागि क्रान्तिको गफ दिने ? उनले भने, ‘विप्लव कि के समूह भन्ने छ नी, केपी ओली, प्रचण्डलाई वारेन्ट जारी गरेको रे, खै कहाँ हो ७ दिन भित्र उपस्थित हुनु पर्ने रे । म विप्लवलाई यस प्रकारका राजनीतिक मजाक गरेर केटाकेटी पन नदेखाउन सुझाव दिन चाहन्छु । मजाक नै गर्ने भए म हरिवंश र मदनकृष्णलाई भन्दिन्छु । नत्र धुर्मुश सुन्तलीलाई भन्दिउला ’

प्रचण्डले देश विकास र समृद्धिको युगमा प्रवेश गरेको बताए । देश ७० वर्ष ठूलो पीडाबाट गुज्रिएको बताएका प्रचण्डले विप्लवलाई लक्षित गरी अब आन्दोलन र हिंसाको कुरा गर्नु भन्दा दुःखको कुरा केही नभएको बताए । उनले हिंसा र आन्दोलन जनताका लागि सह्य नुहने बताए ।

विकासका कुरा गर्दा अध्यात्मसँग जोडेको भन्दै ओलीले भने, ‘हामी ध्यान गर्न, भगवान मान्न कसैलाई पनि रोक्दैनौ । जसलाई जुन भगवान राम्रो लाग्छ त्यही माने हुन्छ । कसैलाई कृष्ण राम्रो लाग्न सक्छ, कसैलाई शिवशंकर राम्रो लाग्न सक्छ । कसैलाई ति राम्रो नलागेर कोही लाई भगवती राम्रो लाग्छ ? पुज्न पाइयो तर साम्प्रदायितकता भड्काउन पार्इंदैन ।’
नयाँ पत्रिकाबाट

Logo