काठमाडौँ
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेर बहादुर देउवा र नेता प्रकाशमान सिंह मैदानमा उत्रिने करिब पक्का पक्की भएको छ । "/>

शशांकको घरबाट शेरबहादुर र प्रकाशमानको उम्मेदवारी

शशांकको घरबाट शेरबहादुर र प्रकाशमानको उम्मेदवारी


काठमाडौँ
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेर बहादुर देउवा र नेता प्रकाशमान सिंह मैदानमा उत्रिने करिब पक्का पक्की भएको छ । बुधबार महामन्त्री शशांक कोइरालाले टोखास्थित निवासमा होलीका अवसरमा आयोजना गरेको दिवा भोजमा पुगेका दुवै नेताले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

दुवै नेताले उम्मेदवारी घोषणा गरिरहँदा महामन्त्री कोइरालाले भने आफूले पार्टीमा कुनै फुट आउन नदिने भन्दै मध्यमार्गी बाटो अपनाए । दिवा भोजमा पुगेका सभापति देउवाले कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गरेपछि सिंहले पनि आफूलाई मैदानमा उतारेका हुन् ।

उता नेता सिंहले आफूले कांग्रेसको राजनीतिमा आज सम्म कहिल्यै नहारेको बताउँदै संसदीय दलको चुनावमा पनि जित्ने दाबी सहित उम्मेद्वारी दिने घोषणा गरेका छन् । महामन्त्री कोइरालाले राष्ट्रियसभा र प्रतिनिधिसभामा निर्वाचित कांग्रेसका सांसदहरुलाई दिवाभोजका लागि बोलाएको भेला नै गुटमा विभाजित थियो । मैले आज सम्म चुनाव हारेको इतिहास नै छैन, म सं‌सदीय दलको चुनाव लड्छु’, सिंहले भने ।
अन्नपूर्णबाट

Logo