कण्डमको शुरुवात कहिलेबाट भयो ? जान्नुहोस् कण्डमसँग जोडिएका यी कुराहरु

कण्डमको शुरुवात कहिलेबाट भयो ? जान्नुहोस् कण्डमसँग जोडिएका यी कुराहरु


विशेषगरि विवाहित दम्पतीले सन्तानको जन्मान्तर बढाउन अस्थाइ साधानको रुपमा प्रयोग गर्ने साधनहरुमध्ये कण्डम एक हो । के तपाईलाई थाहा छ ? कण्डमको आविस्कार कहिले र कसरी भयो ? आज हामी तपाईलाई कण्डमसँग जोडिएका महत्वपूर्ण कुराहरु बताउदै छौ ।

सबैभन्दा पहिले फ्रान्सको एक गुफामा कण्डमका आकारमा एक चित्र बनाइएको पाइएको छ । यो चित्र १५ हजार वर्ष पुरानो मानिएको छ । स्वीडेनमा सबैभन्दा पुरानो कण्डम पाइएको बताइएको छ । अमेरिकामा डाक्टरहरुले प्रेसक्रिप्शन पश्चात नै १९२८ बाट वेंडिङ मेसिनबाट निकाल्ने गरिन्थ्यो । सोही पछि सोची ओलम्पिकको समयमा खेलाडिलाई ओलम्पिक भिलेजमा एक लाख कण्डम पुर्याइएको थियो ।

कण्डम आविस्कारको रहस्य

१६ औं शताब्दिमा कण्डमको आविस्कार साइफलिसका बिरामी रोक्नका लागि प्रयोग गर्ने गरिन्थ्यो । ति दिनहरुमा फ्रान्समा कयौं मानिस गुप्त रोग साइफलिसबाट मर्ने गरेका थिए । कतिको उपचार हुन नसकेका कारण गेबरिल फेलिपियोले उपचार खोज्न प्रया गरेका थिए । उनले लिनन सिथलाई एक केमिकल सोलुसनमा मिलाएर सुकाए ।
यही सिथलाई ११ सय जनामा प्रयोग गर्ने उनले सोच बनाए । पुरुषका लिंगहरुमा उक्त सिथ लगाइयो र एक रिबनले बाँधियो । यसरी रिबनले बाँधेको सिथलगाएर यौन सम्पर्क गर्दा साइफलिस रोग सरेन ।

कण्डममा प्रयोग हुने अचम्म लाग्दो सामाग्री

कण्डममा प्रयोग हुने सामाग्री बदलिँदै आएको छ । कहिले यो लेटेक्सबाट बनाईएको थियो भने पछि विभिन्न जनवार आन्द्राको प्रयोग हुन्थ्यो भने पछि नाइलन, स्लिक र छालाबाट बनाउन प्रयास भएको देखिन्छ । १६ औं शताब्दीमा कण्डम जनावरको आन्दाबाट बनाइएका कारण महंगो पर्ने गर्दथ्यो । यसको प्रयो मानिसहरु २ पटकसम्म प्रयोग गर्ने गर्थे । १९ औं शताब्दीमा आउँदा आउँदै यो यति सस्तो भयो कि मानिसहरु एक पटक प्रयोग गरेर मिल्काउने गरेका छन् ।

कण्डमको प्रयोग बढाउन यस्तो तरिका !

यसको प्रवर्धन गर्न विश्वभरका कतिपय सेलिब्रेटीहरुको सहायता लिने गरिएको छ । सुरक्षित यौनका लागि उठाइएको यस कदमले प्रयोगकर्तालाई सुरक्षाको पूर्ण प्रत्याभूतीका लागि प्रोत्साहित गरिन्छ ।

यौन सम्बन्धमा मात्र होइन यस्तो काममा पनि प्रयोग हुन्छ कण्डम

के तपाईलाई थाहा छ, कण्डममा एक गेलेनसम्म पानी अट्ने क्षमता हुन्छ । यस्तो एउटा अचम्म लाग्दो तथ्य पनि छ कि कति पय नौजवान यसरी पनि कण्डमको प्रयोग गर्ने गर्दछन् । जस्तो राइफललाई बर्षाबाट जोगाउन र कतै आगो बाल्न पनि यसको प्रयोग हुने गरेको छ ।

कण्डममा अहिलसम्ममा आयो धेरै बदलाव

पछिल्लो चरणमा कण्डमको आकार र प्रकृतिमा धेरै परिवर्तन आइसकेको छ । अब त सुगन्धित कण्डमदेखि चिल्ला, भाइब्रेसनयुक्त र काँडेदार कण्डमहरु बजारमा सहजै उपलब्ध हन थालेका छन् । यसको प्रयोग बारे पहिले धेरै प्रकारका अन्धविश्वास थिए, जुन आजभोली परिवर्तन भएको छ । एजेन्सीको सहयोगमा

Logo