काठमाडौँ, १, माघ
निर्वाचन आयोगले संघीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ । "/>

राष्ट्रियसभा निर्वाचन तयारी तीव्र : प्रतिनिधिसभाले फागुन ७ पछि पूर्णता पाउने

राष्ट्रियसभा निर्वाचन तयारी तीव्र : प्रतिनिधिसभाले फागुन ७ पछि पूर्णता पाउने


काठमाडौँ, १, माघ
निर्वाचन आयोगले संघीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ । आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन अधिकृत नियुक्ति र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

निर्वाचन कार्यालय स्थापनासँगै अब निर्वाचन सञ्चालन र व्यवस्थापनको काम प्रदेशसभामा पुगेको छ । आयोगले प्रत्येक प्रदेशको उच्च अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । जसअनुसार मोरङ, धनुषा, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटी जिल्लामा मतदान केन्द्र तोकिएको छ । यो निर्वाचनका लागि १० देखि १५ करोड खर्च लाग्ने आयोगले प्रारम्भिक अनुमान गरेको छ । प्रदेश तहमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आवश्यकता अनुसार १० देखि १२ जना कर्मचारी खटाइसकेको छ । सो निर्वाचनका लागि २१ राजनीतिक दलले दल दर्ता गराएका छन् ।
नागरिकबाट

Logo