निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न थप २ पक्राउ

निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न थप २ पक्राउ


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ मंसिर ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका थप दुईजना पक्राउ परेका छन् । उनीहरू दुईजनालाई दुई थान पेस्तोल र १० राउण्ड गोलीसहित काठमाडौंको कपनबाट पक्राउ गरिएको हो ।

उनीहरुमध्ये एकजनाले गौचन घरबाट बाहिर निस्केको जानकारी सुटरलाई दिएका थिए भने अर्कोले हत्यामा प्रयोग गरिएको पेस्तोेल लुकाउन मद्दत गरेको प्रहरीको दाबी छ ।
शुक्रबार पक्राउ परेकोमा बसन्त थेवे र धनराज योङहाङ छन् । उनीहरूबाट बरामद भएको पेस्तोलमध्ये कै एउटा पेस्तोलबाट गौचनमाथि गोली चलाइएको डिआइजी गणेश केसीले बताए ।

गौचनमाथि गोली प्रहार गर्ने मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि गत मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो । हत्याका मुख्य योजनाकार मनोज पुन र समीरमान सिंह बस्नेतसहित आठजना अभियुक्त अझै फरार छन् ।

असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानेका थिए ।

 

Skip This
Logo