1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

बेलायतलाई नेपालको प्रश्न, 'गुमेको नेपाली भूभाग कहिले फिर्ता हुन्छ ?'

1
1
1
1
1
1
1
1

काठमाडौं । सुगौली सन्धीपछि गुमेको नेपाली भूभाग फिर्ता गराउन बेलायती रक्षामन्त्रीसँग माग गरिएको छ । नेपाल भ्रमणमा रहेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकास्टरलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक ज्ञापनपत्र बुझाउँदैं नेपाली भूभाग फिर्ता गराउन माग गरेको हो ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल, कोषाध्यक्ष नवीना खड्का र केन्द्रीय सदस्य विष्णुजङ्ग पाण्डे सम्मिलित एक प्रतिनिधि मण्डलले लैनचौरस्थित बेलायती दूतावास गई रक्षाराज्यमन्त्री मार्कलाई तीन सूत्रीय ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा सुगौली सन्धिमा गुमाएको जमिन फिर्ता गराउनुपर्ने, त्यसको लागि बेलायत सरकारले भारत सरकारलाई दबाब दिनुपर्ने उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘सुगौली सन्धिमा गुमाएको जमिन फिर्ता लिने कुरा कुनै जटिल समस्या होइन । खालि बेलायतले यो हाम्रो दायित्व हो भन्ने बुझिदिनुपर्छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा बेलायत सरकारले भारत सरकारलाई नेपालको जमिनमाथि भारतको कब्जा तत्काल अन्त्य गर्न दबाब दिनु बेलायतको नैतिक दायित्व हो भन्ने ठान्दछ । सैनिक कारवाही गरेर फकल्यान्ड टापुमाथि बेलायती झन्डा फहराउने देशले सैनिक कारवाही गरेरै गोआमाथि कब्जा जमाएको भारतलाई नेपालको जमिन सम्मानपूर्वक फिर्ता गर्ने बाध्यकारी वातावरण बनाइदेओस् भन्ने नेपाली जनताको मागमा समर्थन जनाएर हामीमाथि न्याय प्रदान गरी उपनिवेशको अन्त्यमार्फत स्वतन्त्रताको शङ्खघोष गरोस् भन्ने माग पुनः दोहोर्याउन चाहन्छौँ ।’

त्यस्तै बेलायती साम्राज्यको विस्तार र पहिलो तथा दोस्रो विश्वयुद्धमा बेलायतको प्रतिष्ठा र सान राख्न गोर्खा सेनाले खेलेको भूमिकाको स्मरण गराईएको छ ।

नेपाल र बेलायतबीच सन् १८१६ मार्च ४ मा सुगौली सन्धि हुँदा तत्कालिन नेपालको ४० प्रतिशत भन्दा बढी भूभाग बेलायती साम्राज्यमा गाभिएकोमा बेलायत आफ्नो देश फर्किदा त्यो कब्जा गरेको भूभाग फिर्ता गराउनुपर्ने भन्ने कुरा बिर्सिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

गोर्खा जवान बेलायतलाई चाहिएकोले भारतसँग चलाखीपूर्वक भारतसँग सहमति गरिएको तर नेपालको जमिन फिर्ता नगरेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘गोर्खा जवान बेलायतलाई चाहिएको थियो । त्यसैले तपाईंहरूले चलाखीपूर्वक भारतसँग सहमति गरेर लिनुभयो । हामीलाई हाम्रो जमिन फिर्ता चाहिएको थियो तर तपाईंहरूले नेपालको जमिन भारतको अधीनमा रहनसक्तैन भन्न चाहनुभएन । हामी आज पनि हाम्रो भूभाग फिर्ता लिन लालायित छौँ । जुन भारतको उपनिवेशमा रहँदै आएको छ ।’

बेलायतले त्यतिकै छोडेको नेपाली भूभाग फिर्ता हुन्छ कि हुँदैंन भन्दै बेलायतलाई प्रश्न गरिएको छ । ‘त्यतिबेला मेचीपूर्व टिस्टा नदीको नगरकट्टासम्म र महाकाली पश्चिम सतलज नदीसम्म बेलायतको उपनिवेशमा रहेको हाम्रो जमिन बेलायतले त्यो क्षेत्र छाडेपछि त्यतिबेलै स्वतन्त्र भयो कि भएन ? के बेलायतले त्यो नेपाली भूभाग भारतका हातमा छोडेर गएको हो ? के उपनिवेश हस्तान्तरण हुन्छ ?’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित: १० फागुन २०७५ १५:४० शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी