रोल्पा , भदौ ,२६
सरकारले सबै जिल्ला र स्थानिय तहमा टेलिफोन पुर्याउने बताए पनि रोल्पाका केही गाउँपालिका अहिले पनि फोन सेवाको पहुँच बाहिर छन् । "/>

रोल्पाका गाउँपालिका केन्द्र टेलिफोन विहिन

रोल्पाका गाउँपालिका केन्द्र टेलिफोन विहिन


रोल्पा , भदौ ,२६
सरकारले सबै जिल्ला र स्थानिय तहमा टेलिफोन पुर्याउने बताए पनि रोल्पाका केही गाउँपालिका अहिले पनि फोन सेवाको पहुँच बाहिर छन् । गाउँपालिकाको केन्द्र भएको स्थानमा समेत दूरसञ्चारको पहुँच नहुँदा दैनिक कामकाजमा समेत बाधा पुग्दै आएको छ । दुईखोली गाउँपालिका र सुकिदह गाउँपालिकाको केन्द्र रहेको स्थानमा फोन सेवा उपलब्ध छैन । ‘सबै भन्दा समस्या देखिएको दुईखोली र सुकिदह गाउँपालिकामा हो,’ नेपाल टेलिकम दूरसञ्चार कार्यालय रोल्पाका प्रमुख कैलाश आचार्यले भने, ‘यी गाउँपालिकाका कार्यालय निकै खोँचमा भएकाले सेवा प्रवाहमा समस्या परेको हो ।’ दुई गाउँपालिकामा टेलिकम सेवा शून्य छ भने अन्य गाउँपालिका केन्द्रमा समेत अनियमितता छ । सुनछहरी गाउँपालिकाका अध्यक्ष आसबहादुर पुनले भने, ‘प्रभावकारी फोन सेवाका लागि टेलिकमसँग छलफल गरिरहेका छौँ ।’
नयाँपत्रिकाबाट

Logo