काठमाडौँ, ९ भदौ । नेपाल स्काउटको कार्यसमिति भंग नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश केदार चालिसेको एकल इजलासले स्काउटको कमिटी भंग नगर्न आदेश दिएको हो ।
साथै सर्वोच्चले दुबै पक्षलाई झिकाएर छलफल गर्ने निर्णय पनि गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको निर्वाचित कार्य समिति भंग गरेर नयाँ कार्यसमिति गठन गरेको थियो ।
कमिटी भंगबिरुद्ध प्रमुख आयुक्त रबिन दाहाल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया