जो बाइडेन र सी जिनपिङबीच टेलिफोन सम्वाद

जो बाइडेन र सी जिनपिङबीच टेलिफोन सम्वाद


अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन सम्वाद भएकाे छ । बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक टेलिफोनमा कुराकानी भएकाे चाइना मर्निङ पोष्टले जनाएकाे छ । 

साउथ चाइना मर्निङ पोष्टका अनुसार लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच कुराकानीको क्रममा बाइडेनले शुभकामना व्यक्त गरेकाे बाहेक केही कुरा बाहिर आएकाे छैन । बाइडेनले यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि टेलिफोनमा कुरा गरेका थिए ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले थालेको व्यापार युद्धका कारण यी दुई ठूला अर्थतन्त्रबीचको आगामी सम्बन्ध कसरी अगाडि बढ्छ भन्दै बाइडेन र सीबीचकाे सम्वादलाई संसारभर निकै महत्वका साथ हेरिएको छ।

Logo