जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना

जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना


जी–७ सदस्य मुलुकहरूले मङ्गलबार म्यानमारको सुरक्षा फौजले प्रदर्शनकारीविरुद्ध गरेको हिंसात्मक बल प्रयोगको कडा निन्दा गरेको छ । उनीहरूले म्यानमारको सैनिक शासकहरूलाई पूर्ण संयमता अपनायन र मानवअधिकार तथा अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आग्रह गरेका छन् ।

अमेरिकाकालगायत धनी राष्ट्रहरूको समूह, क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकालगायत यूरोपेली यूनियनका उच्च प्रतिनिधिले म्यानमारमा गत फेब्रुअरी १ मा भएको सैन्य ‘कू’ को विरोध गर्दै प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग वा प्रदर्शनविरूद्ध बढ्दो हातहतियार प्रयोगबारे पुनः विरोध जनाएका छन् । 

“निशस्त्र जनतामाथि सिधा गाली चलाउने कार्यको हामी विरोध गर्दछौँ । शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गर्ने कोहीलाई पनि कानूनी कारबाही हुनुपर्छ,” जी–७ राष्ट्रका विदेश मन्त्रीहरूद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । “हामी अभिव्यक्ति स्वतन्त्रतालाई हतियारको भरमा दवाउन खोज्ने प्रवृतिप्रति चासो राख्दै यस कार्यको घोर निन्दा गर्छौं । साथै इन्टरनेटमाथिको अवरोध र स्वतन्त्र अभिव्यक्तिलाई दमन गर्ने कानूनमा आमूल परिवर्तनका लागि आग्रह गर्न चाहन्छौँ ।”

जी–७ ले प्रदर्शनकारी, चिकित्सक, नागरिक समाज र पत्रकारहरूमाथिको नियोजित आक्रमणलाई अन्त्य गर्न त्यहाँको सरकारलाई आग्रह गरेको छ । समूहले म्यानमारको सेनालाई अत्यावश्यक मानवीय सहयोगको पहुँच देशमा रहेको कमजोर पक्षलाई पुर्याउन पनि आग्रह गरेको छ ।

म्यानमारमा सैनाले सरकारको बागडोर सम्हालेसँगै नागरिक समाज, नेशनल लिग फर डिमोक्र्यासी, बुद्धिजीवी तथा मानव अधिकारवादी संगठनले निरन्तर प्रजातन्त्रको पुनवर्हालीका लागि आन्दोलन गर्दै आएका छन् । सेनाको सरकारले म्यानमारकी विश्व प्रसिद्ध नेतृ आङ साङ सुकीलगायतका प्रमुख नेताहरूलाई नजरबन्दमा राख्दै आएको छ । रासस

Logo