भेटियो, १७ हजार ३०० वर्ष पुरानो चित्रकला

भेटियो, १७ हजार ३०० वर्ष पुरानो चित्रकला


अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा कङ्गारूको १७ हजार वर्ष पुरानो चित्र भेटिएको छ । चट्टानयुक्त एउटा आश्रयस्थलको छानामा गेरु रङ्ग प्रयोग गरी बनाइएको दुई मिटर लामो निकै पुरानो चित्रकला फेला परेको हो। बारुलाको कीटको गुँडको माटोलाई रेडियोकार्बन–डेटिङ गर्दा उक्त चित्र १७,३०० वर्ष पुरानो भएको पत्ता लागेको हो ।

उक्त चित्रकला १७,५०० देखि १७,३०० वर्ष बीचको रहेको मेल्बर्न विश्वविद्यालयसँग आबद्ध डा. डेमिएन फिन्चलाई उदृत गर्दै बिबिसीले जनाएको छ । एउटै चित्रकलाको माथि र मुनिको भागमा बारुला जातिको गुँडको माटो फेला पर्नु दुर्लभ भएको उनले बताएका छन् ।

वैज्ञानिकहरूले अस्ट्रेलियामा सग्लो अवस्थामा फेला पारेका यो नै सबैभन्दा पुरानो चित्रकला भएको बताइएको छ ।

Logo