विश्व

कोभाक्स सुविधाबाट प्राप्त कोभिड–१९ विरुद्धको खोप घाना पुग्यो

15 Shares

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाईमा खरिद गरिएको कोभाक्स सुविधाको खोप अफ्रिकी मुलुक घाना पुगेको छ । डब्लुएचओले गरिब मुलुकहरुलाई कोभिड–१९ खोपमा पहुँच उपलब्ध गराउन कोभाक्स स्थापना गरेको छ । 

घानालाई डब्लुएचओले सेरम इन्स्टिच्यूटबाट उत्पादित छ लाख थान कोभिसिल्ड खोप उपलब्ध गराएको छ । यो खोप बुधबार घाना पुग्दैछ । उक्त खोप मुम्बईबाट घाना पठाइएको छ । कोभाक्सले सन् २०२१ को अन्त्यसम्ममा विश्वभर कोभिड–१९ विरुद्धको खोप दुई अर्ब डोज उपलब्ध गराउँदैछ । रासस

प्रकाशित: १२ फाल्गुन २०७७ १३:५५ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी