विश्व

कतारमा रोजगार कानून परिवर्तनका लागि सिफारिस 

15 Shares

कतारको सुरा काउन्सिलले आप्रवासी कामदार भर्ना तथा रोजगार सम्बन्धी कानून परिवर्तन गर्न सिफारिस गरेको छ । काउन्सिलले शर्तसहित तीन पटकसम्म रोजगारदाता परिवर्तन गर्न पाउने, तर सरकारी र अर्धसरकारी निकायमा विदेशी कामदार भर्ना गर्दा उनीहरुले रोजगारदाताको सहमति विना परिवर्तन गर्न नपाउने लगायतका नयाँ प्रवन्ध गर्न सिफारिस गरेको हो ।

कतारमा अवैधानिक रुपमा कार्यरत रहेका विदेशी कामदारलाई उचित संयन्त्र मार्फत बैधानिकीकरण गर्न,  रोजगारीका क्रममा कतार छोड्ने कामदारले कम्तीमा तीन दिन अगावै रोजगारदातालाई त्यसको सूचना दिनु पर्ने व्यवस्था कानूनमा गर्न पनि सिफारिस गरेको छ । 

सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिता आयोजक कतारमाथि पश्चिमा मुलुकहरुले मजदूर शोषणको आवाज उठाएपछि श्रम कानूनमा कतार सरकारले उल्लेख्य सुधार गरिरहेको छ । त्यसले मजदूर अधिकारप्रति अनुदार अन्य खाडी मुलुकहरुमाथि सुधारका लागि दवाव समेत सिर्जना गर्नेछ ।

प्रकाशित: १३ फाल्गुन २०७७ १७:५६ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी