सिरी ‘ए’ मायुभेन्टसको सहज जित

सिरी ‘ए’ मायुभेन्टसको सहज जित


इटालियन सिरी ‘ए’ मा युभेन्टसले स्पेजियालाई पराजित गरेको छ । घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा मंगलबार राति भएको खेलमा ३-० गोलले युभेन्टसले जित दर्ता गरेकाे हाे ।

प्रतिस्पर्धात्मक खेलको ६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । ७१औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । खेल सकिन एक मिनेट बाँकी रहँदा रोनाल्डाले गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए ।

यो जितसँगै तेस्रो स्थानमा रहेको युभेन्टसले शीर्षस्थानमा रहेको इन्टर मिलान र एसी मिलानसँगको अंक दूरी छोट्याएको छ । समान २४ खेलबाट युभेन्टसको ४९ अंक रहेको छ । इन्टर मिलानको ५६ तथा एसी मिलानको ५२ अंक छ । 

Logo