कतारको श्रम कानूनको जानकारी अब ह्वाट्सएपमार्फत नेपाली भाषामा

कतारको श्रम कानूनको जानकारी अब ह्वाट्सएपमार्फत नेपाली भाषामा


आप्रवासी कामदारलाई कतारको श्रम कानूनसम्बन्धी जानकारी नेपालीसहित ६ वटा भाषामा ह्वाट्सएपमार्फत नै प्राप्त गर्न सकिने भएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सूचना प्रदायक निकायले यस्तो व्यवस्था गरेको हो । 

कतारमा श्रमिकको अधिकार, कतार भिसा सेन्टर बारे जानकारी, लगायतका विषय निःशुल्क रूपमा ह्वाट्सएपमार्फत आधिकारिक सूचना प्राप्त गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । २४ सै घण्टा सेवा लिन सकिने स्वचालित च्याट प्रणालीमार्फत नेपाली, अरबी, अंग्रेजी, उर्दू, हिन्दी तथा मलायलम भाषामा जानकारी लिन सकिनेछ । उक्त सेवा लिनका लागि ह्वाट्सएपमा ं९७४ ६००६०६०१ नम्बर सेभ गर्नु पर्ने भएको छ । सो नम्बरलाई जोडेपछि कुन भाषामा आफूले जानकारी चाहेको हो सो नम्बर टाइप गरेर पठाउनु पर्नेछ । 

नेपाली भाषामा सूचना, जानकारी चाहिएमा ५ नम्बर लेखेर पठाउन सकिन्छ । त्यसपछि पुनः ७ अङ्कसम्मको सूची प्राप्त हुनेछ । जसअनुसार १ लेखेर आफ्नो अधिकारका बारेमा, २ लेखेर कतार भिसा सेन्टरमार्फत आवेदन दिन, ३ अङ्क लेखेर उजुरीहरू दिन, ४ लेखेर आफूले दिइसकेको आवेदनको स्थिति बुझ्न, ५ लेखेर मुख्य प्रश्न र उत्तर प्राप्त गर्न, ६ अङ्क लेखेर फोन गर्नको लागि महत्त्वपूर्ण नम्वरहरु प्राप्त गर्ने र अन्तिम ७ टाइप गरेर भाषा परिवर्तन गर्नको लागि भन्ने जानकारी  म्यासेजमा आउनेछ । ती अङ्क र शीर्षकमा पठाइएको या रोजेको अङ्क र विषयको आधारमा आधिकारिक जानकारी प्राप्त गर्न सकिनेछ ।

Skip This
Logo