कुवेतमा भोलि साँझबाट कर्फ्यु लाग्ने

कुवेतमा भोलि साँझबाट कर्फ्यु लाग्ने


कोरोनाको महामारी ह्वात्तै बढेपछि कुवेत सरकारले कर्फ्यु लगाउने भएको छ ।  सरकारका प्रवक्ताले थप कोरोना फैलन नदिन र नियन्त्रण गर्न भोलि साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १ महिनाको लागि कर्फ्यु लाग्ने जानकारी दिएका छन् ।

कर्फ्युको समयमा प्रार्थना गर्न मस्जिदसम्म जान छुट दिइएको छ । त्यस्तै औषधि पसल लगायतका अत्यावश्यकका क्षेत्रहरू खुल्ला रहने भएका छन् भने सार्वजनिक पार्कहरू बन्द रहनेछन् । कुवेतमा पछिल्लो साताबाट कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढीरहेको छ । 

कुवेतमा १ लाख ९६ हजार ४ सय ९७ जनामा कोरोना पुष्टि भइ सकेको छ भने १ लाख ८३ हजार ३ सय २१ जनाले स्वास्थ्य लाभ गरेका छन् । १६७ जनाको स्वास्थ्य अवस्था जटिल रहेको बताइएको छ । १ हजार १ सय ५ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Logo