दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमतिको संख्या ९३ हजार भन्दा बढी

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमतिको संख्या ९३ हजार भन्दा बढी


दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार २६३ पुगेको छ ।

गत सोमबार ३४६ जनामा कोरोना संङ्क्रमण भएको थियो । मङ्गलबार एक सय सङ्क्रमित बढी एकै दिनमा ४४६ मा सङक्रमण देखिएको हो । 
 
कोरोना शुरु भएयता कोरियामा हालसम्म ८३ हजार ९०० व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा दक्षिण कोरियाका तीन व्यक्तिको मृत्यु भएपछि कुल मृतकको संख्या १ हजार ६४५ पुगेको समाचारमा जनाइएको छ । गत फेब्रुअरी २६ बाट कोभिड–१९ विरुद्ध खोप शुरु गरिएको छ र हालसम्म ३ लाख ८३ हजार ३४६ जना खोप लगाइसकेका छन् । रासस

Logo