चन्द्रमामा मानव वीर्य बैंक खोलिने!

चन्द्रमामा मानव वीर्य बैंक खोलिने!


पृथ्वीमा आउनसक्ने खतरालाई मध्यनजर गर्दै वैज्ञानिकहरूले चन्द्रमामा बस्ती बसाउने योजना बनाएका छन्। यसका लागि उनीहरूले मानव तथा अन्य जीवजन्तुका लाखौं वीर्यका नमुना चन्द्रमामा पठाउने तयारीसमेत गरिरहेका छन्।

उक्त वीर्य बैंकमा १ करोड ७ लाख २० हजार प्रजातिको प्रजनन् कोषिका, शुक्राणु तथा अण्डा राखिनेछ, जसमा मानव शुक्राणु पनि सामेल हुनेछ।

यी नमुनालाई एउटा विशेष बाकसमा राखिनेछ, जसको भण्डारण चन्द्रमाको सतहभन्दा मुनि गरिने वैज्ञानिकले बताएका छन्।

हालै वैज्ञानिकले पत्ता लगाएका चन्द्रमाको गहिरो खाडलमा यी नमुना भण्डारण गरिनेछ। यसलाई एउटा आधुनिक विश्व बीमा नीतिका रूपमा हेरिनुपर्ने वैज्ञानिकको भनाइ छ।

पृथ्वीमा भइरहेको जलवायु परिवर्तन तथा अन्य प्राकृतिक विपद्ले कतै मानिसको समूल नष्ट हुने हो कि भन्ने डर वैज्ञानिकलाई छ। यसकारण पनि वैज्ञानिकहरू मानव प्रजातिलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे काम गरिरहेका छन्।

यसै सन्र्दभमा उनीहरूले भविष्यमा मानव भ्रूण सुरक्षित राख्ने स्थानका रुपमा चन्द्रमालाई लिएका छन्। चन्द्रमामा वीर्य बैंक स्थापना गरेर मानवता जोगाउने कार्यमा वैज्ञानिकहरू लागि परेका छन्।

खासमा यो प्रस्ताव अमेरिकास्थित एरिजोना युनिभर्सिटीको टिमले ल्याएको हो, यसका प्रमुख  जिकन थांगा हुन्। अन्य पाँच वैज्ञानिकसँगै उनी यस अनुसन्धान टिमका सहलेखकसमेत हुन्।

उनको टिमले दिएको रिपोर्ट अनुसार उक्त ‘लुनर जीन बैंक’मा मानिस तथा अन्य जीवजन्तुको वीर्य सुरक्षित राखिनेछ।

वैज्ञानिकका अनुसार जुन स्थानमा ज्वालामुखी विष्फोट भएर अर्बौं वर्ष पहिले लाभाको नदी बहने गथ्र्यो त्यहाँ वीर्य सुरक्षित राखिनेछ। चन्द्रमाको यो स्थानलाई वैज्ञानिकले वीर्य सुरक्षित राख्ने उपयुक्त स्थानका रूपमा लिएका छन्।

यस्ता खाडल जमिनबाट असीदेखि सय मिटर गहिरा छन् भने चन्द्र सतहले यसलाई एक प्रकारको सुरक्षा प्रदान गर्छ।

यस्ता खाडल तापक्रममा हुने परिवर्तनका अलावा उल्का पिण्ड तथा अन्तरिक्षबाट आउने विकिरणबाट समेत सुरक्षित मानिन्छन्।  

Skip This
Logo