कतारमा श्रमिकलाई न्यूनतम १ हजार रियाल र खानाको व्यवस्थासहित नयाँ नियम लागू

कतारमा श्रमिकलाई न्यूनतम १ हजार रियाल र खानाको व्यवस्थासहित नयाँ नियम लागू


मध्यपूर्व राष्ट्र कतारमा शनिबारबाट न्यूनतम तलबको नयँ कानुन लागू भएको छ। कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मन्त्रालयले जनाए अनुसार कतारले परिमार्जित कानुन नं १७, २०२० शनिबारदेखि लागू गरेको हो ।

सरकारले यो निति लागू गरेसँगै कतारका सबै कम्पनीहरुले अब न्यूनतम १ हजार रियाल तलबसहित खाना उपलव्ध गराउनु पर्नेछ। आवास सुविधा उपलव्ध नगराइएको भएमा थप ५ सय रियाल प्रतिमहिना श्रमिकलाई दिनु पर्नेछ भने कम्पनीहरुले सोही अनुरुप श्रमिकसँगको करार पनि संशोधन गर्नुपर्नेछ। करारपत्र संशोधन गर्न शुक्रबार नै सूचना सार्वजनिक गरिसकेको छ। 

सन् २०२० को सेप्टेम्बरमा मन्त्रालयले ६ महिनाको समयावधि राखेर नयाँ कानुन जारी गर्दै ६ महिनाभित्र लागू गर्न समयसीमा राखेको थियो। कतारको यो घोषणालाई ऐतिहासिक घोषणाको रुपमा लिइएको छ। मन्त्रालयले नयाँ व्यवस्थाले श्रमिक र रोजगारदाताबीच असल श्रम सम्बन्ध निर्माण हुने र यसले कतारको श्रम बजारलाई थप व्यवस्थित तथा उत्पादनमुलक बनाउने अपेक्षा गरेको छ। खाडी क्षेत्रमा कतार न्यूनतम ज्याला तोक्ने पहिलो मुलुक बनेको छ।

Logo