फ्रान्समा एकैदिन ४२ हजार व्यक्ति कोरोना सङ्क्रमित

फ्रान्समा एकैदिन ४२ हजार व्यक्ति कोरोना सङ्क्रमित


फ्रान्समा कोरोना भाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।   

त्यसैगरी अरु ८७९ जनाको कारोना भाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ। फ्रान्समा अहिलेसम्म कोरोना भाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ। 

अघिल्लो बर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोना भाइरसका कारण ९४ हजार २७५ जनाको मृत्यु भएको छ। कुल सङ्क्रमितहरुको सङ्ख्याका आधारमा फ्रान्स पाँचौ अग्रस्थानमा रहेको छ। सवैभन्दा बढी अमेरिकामा सङ्क्रमित रहेका छन् भने त्यसपछि क्रमशः ब्राजिल, भारत र रुसमा धेरै सङ्क्रमितहरु रहेका छन्। फ्रान्समा भन्दा पछाडी छैठौं स्थानमा बेलायत रहेको छ।रासस

Logo