कतारमा ४० वर्षमाथिका नागरिकलाई कोरोना भ्याक्सिन निःशुल्क

कतारमा ४० वर्षमाथिका नागरिकलाई कोरोना भ्याक्सिन निःशुल्क


कोरोनाको सङ्क्रमण बढेसँगै कतारको स्वास्थ्य मन्त्रालयले कोभिड १९ विरुद्ध लगाइने खोपको योग्यताका लागि उमेरको सीमा घटाएको छ। यसअघि ५० वर्ष माथिकाले मात्र निःशुल्क लगाउन पाउने खोप अब ४० वर्ष पुगेका जो कोहीले निःशुल्क लगाउन पाउने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार मार्च ३० सम्ममा ७ लाख ९० हजार ६ सय ७६ जनाले लगाईसकिएको भ्याक्सिन फाइजर १८ वर्षसम्मका र मोर्डना भ्याक्सिन १८ वर्षभन्दा माथिका उमेर समूहलाई लगाइएको जनाएको छ । सरकारको प्राथमिकता तथा उमेर समूहमा नपरेका सबै नागरिकहरूले सरकारले जारी गरेको फाराम भरेर पालो कुरेर लगाउन सकिनेछ । फाराम भरेका व्यक्तिहरूलाई यहाँको मन्त्रालयले एसएमएसमार्फत सूचना दिएर भ्याक्सिनको लागि नजिकैको स्वास्थ्य केन्द्रमा बोलाउने गरेको छ । जसको लागि यहाँको हेल्थ कार्ड अनिवार्य गरिएको छ ।

क्युएनसीसीमा भिड नगर्न आग्रह 

दैनिक जस्तो कतारको  क्युएनसीसीमा बिना आमन्त्रण खोप लगाउन पाइने भन्दै हजारौँको सङ्ख्यामा सामाजिक दुरी पनि कायम नगरी भिड बढ्न थालेपछि मन्त्रालयले बिना आमन्त्रण त्यहाँ नजान र भिड नगर्न अनुरोध गरेको छ ।

Logo